Skip to main content

Posts

Showing posts from 2015

नाभिकीय प्रतिकृया र फलअाउट

सत्तरी वर्ष अगाडि जापानका नागासाकी र हिरोसिमा सहरहरूमा अमेरिकाले परमाणु बम विस्फोट गरायो । यसबाट लाखाैँको मृत्यु हुनाका साथै ठूलो भाैतिक सम्पत्तिको क्षति हुन पुग्यो ।
परमाणु बमको विस्फोटन खास किसिमका (रेडियोएक्टिव) तत्वका परमाणुमा (Atom) हुने विशेष प्रकारका प्रतिकृयाका कारण हुने गर्दछ । युरेनियम- २३५ जस्ता यी तत्वहरूका परमाणुलार्इ सामान्य धक्का दिँदाखेरि नै उच्च उर्जायुक्त विकिरण पैदा गर्न सक्ने हुन्छन् । विस्फोटनका लागि अावस्यक न्युनतम ताैल भन्दा ज्यादा परिमाणमा यस्ता पदार्थलार्इ न्युट्रन (Neutron) जस्ता सुक्ष्मकणले प्रहार गर्दा यिनीहरूका परमाणु श्रृंखलाबद्द रूपमा विभाजन भर्इ अर्कै तत्वमा परिणत हुन थाल्दछन् । यो एक प्रकारको नाभिकीय प्रतिकृया (Nuclear Reaction) हो जसलार्इ न्युक्लियर फिसन (Fission) भनिन्छ । हुन त धेरै रासायनिक प्रतिकृयाहरूमा (Chemical reactions) केही ताप पैदा हुने गर्दछ । तर रासायनिक प्रतिकृया भन्दा भिन्न यस्ता नाभिकीय प्रतिकृयाहरूमा पैदा हुने तापको मात्रा अत्यन्त उच्च हुन्छ । यसका कारण परमाणु बम विस्फोट भएको स्थानमा अत्यन्त ठूलो क्षति हुने गर्दछ ।
यति मात्र नभएर परमाण…

एउटा सानो प्रयोग गराैँ ।

मैले भर्खरै किनेर ल्याएको पंखाको प्लास्टिक ब्लेडमा एक दुर्इ दिन चलाए पछि नै धुलो तथा भुवा जस्ता किसिमका फोहोर जमेको पाइयो  (चित्रमा देखाइएको) ( स्मरण रहोस्, कोठामा त्यस्तो देखिने फोहोर केही छैन)। यसको दुर्इ संभावित कारणहरू तल दिइएका छन् ।  १. पंखाको हावाले तानेर जम्मा गरेको हुन सक्छ (तर कसरी? हावाले त बाहिर फ्याँक्नु पर्ने हो ।) २. हावासंगको तीब्र घर्सणका कारण प्लास्टिक र पंखाको फ्रेममा लगाइएको पालिसमा स्थिर चार्ज पैदा भएर ससाना कणहरूलार्इ अाफू तिर तानेर जम्मा गरेको हुन सक्छ ।  यस्तो कसरी भयो भनेर अाफैँ जान्न मन लाग्यो भने तपार्इँ कस्तो किसिमको प्रयोग (Experiment) गर्नुहुन्छ ? अनि कसरी अाफ्नो नतिजा विज्ञानसम्मत ढंगबाट प्रस्तुत गर्नुहुन्छ ? (उत्तर फेला परे बताउँनु होला) ख्याल गर्नुहोला, यसको कुनै एउटै मात्र जवाफ नहुन सक्छ । तपार्इँ र मैले गर्ने प्रयोग पनि भिन्न हुन सक्छ । तर पक्कै पनि गार्हो प्रयोग चाहिँ नहोला ।  अति सामान्य दैनिक घटनाहरूलार्इ पनि वैज्ञानिक अाँखाले हेर्ने र यथार्थ कारण पत्ता लगाउँने जमर्को गर्न सके कति राम्रो होला । ससाना, हाइस्कुल वा अलि मुनिका भाइ बहिनीहरूलार्इ यस्त…

अमेरिकी हार्प प्रोजेक्ट र महाँभूकम्प

जापानमा सन् २०११ मा महाँभुकम्प गयो । र्इन्डोनेसियामा केहि समय अगाडि त्यस्तै विपद पर्यो । सन् २००९ को हैटी भुइँचालोलार्इ अहिले सम्म संसारले भुल्न सकेको छैन । यी सबै घटना पूर्णरूपेण प्राकृतिक प्रकोप थिए । न बाढी पहिरोमा जस्तो बन विनास् वा अधिक चरीचरन् वा जमिनको अत्याधिक दोहन, इत्यादिको बहाना बनार्इ मान्छेको विनासकारी चरित्रको अ।लोचना गर्नु न त अाणविक अष्त्र जस्ता घातक प्रविधिको लागि शक्तिशाली विश्वलार्इ धारे हात लगाउँनु । केही गर्न नसकिने कसिमका ।


तर यी विपदहरूका सन्दर्भमा पनि अपजस् खपिरहेको एउटा संस्था वा अभियान थियो । त्यो बहुअालोचित अभियान अरू कसैको नभएर दुनियाँभर संकास्पद तथा विवादास्पद रणनीतिक कृयाकलापका कारण वाह्य तथा अान्तरिक अालोचनाहरूको सिकार भइरहने अमेरिकी सैन्य संरचना भित्रको एउटा अंग थियो । र त्यो थियो, अमेरिकी जलसेना र उसको हाइ फ्रिक्वेन्सी एक्टिभ अउरोरल रिसर्च प्रोग्राम (High Frequency Active Auroral Research Program)  वा हार्प (HAARP) । वायुमण्डलको अायोनोस्फेयर तहमा हुँने प्राकृतिक गतिविधिहरूको अध्ययन अनुसन्धान मार्फत हवाइ कृयाकलापहरूको नियन्त्रण  र व्यवस्थापनलार्इ सहज बन…

कोलेष्टेरोल र हृदयाघातलाई बुझौँ

कोलेष्टेरोल के हो ?   कोलेष्टेरोल, स्टेरोल वर्गमा पर्ने एक प्रकारको जैवरसायन हो । स्टेरोल वर्ग अन्तरगत कैयौँ हर्मोन, मनोत्तेजक (Stimulant) पदार्थहरु तथा बोट विरुवा र जनावरहरुका कोषमा पाइने उच्च महत्वका कार्वनिक पदार्थहरु पर्दछन् । कोेलेष्टेरोल प्राणीहरुको कोषको लागि नभई नहुने पदार्थ हो । यो मुख्यतः कोष झिल्ली भनिने कोषहरुको बाहिरी तहमा रहे पनि निकै कम मात्रामा, कोष भित्र हुने शुक्ष्म अंगकहरुमा पनि यसको उपस्तिति रहने गरेको पाइएको छ । यसको उत्पादन प्राणीहरुको शरीरका कुनै पनि प्रकारका कोषहरुबाट हुन सक्छ । कोषहरुलाई आकार दिने र उपयुक्त स्थिरता प्रदान गर्ने अंगक कोष झिल्ली हो । यो मुख्यतया फोस्फोलिपिड भनिने फोस्फोरस् युक्त तैलीय पदार्थहरुबाट बनेको हुन्छ । फोस्फोलिपिडहरु आफैँमा तरल अवस्थामा रहने भएका कारण यिनीहरुले मात्र कोषहरुलाई उपयुक्त स्तरको स्थिरता दिन सक्दैनन् । कोलेष्टेरोलले यी फोस्फोलिपिडहरुसंग प्रतिकृया गरेर यिनीहरुलाई बलियो बनाई कोषहरुलाई एउटा खास आकार दिन मद्दत गर्दछ । कोलेष्टेरोल नहुनु हो भने देखि कोष झिल्ली खाली, बहने गुण भएको तरल पदार्थहरुको मिश्रण मात्र रहन्थ्यो । यस्तोमा प…
lj!fg r/fx?sf] cgf}&f] a;fOF ;/fO r/fx?sf] lbzf kQf nufpFg ;Sg] ljz]if k|fs[lts v'jLsf sf/)f pgLx? ;xh jftfj/)fsf] vf]hLdf w]/} nfdf] b'/Lsf] ofqfdf lg:sg] u%{g \ . logLx?sf] cgf}&f] a;fOF ;/fO dflg;sf nlu Pp^f sf}t'xnsf] ljifo ag]/ /x]sf] % eg] o;n] h}ljs ljljwtfdf klg dxTjk")f{ of]ubfg k'/\ofO/x]sf] % . cfgGb sfkm\n] df};dcg';f/ r/fx? &"nf] ;+Vofdf w]/} nfdf] b'/L kf/ u/]/ Ps &fpFaf^ csf]{ &fpF;Dd hfg] u%{g\ . lxpFbofddf g]kfndf klg ;fOj]l/of h:tf] lr;f] &fpFaf^ xhf/f}Fsf] ;+Vofdf r/fx? cfpFg] u/]sf] t xfdLnfO{ yfx} % . ljleGg k|hfltsf o:tf r/fx? udL{ df};d nfu]kl% k'gM cfkm\gf k'/fg} jf;:yfg tkm{ kmls{G%g\ . ;+;f/df kfOFg] 10,000 r/fsf k|hflt dWo] nueu 1800 k|hfltx? Nffdf nfdf b'/L ;Dd a;fOF ;g]{ u%{g\ . r/fx? ;fdfGotof cToflws lr;f] jftfj/)faf^ aRgsf nflu hf*f] &fpFaf^ c:yfO ?kdf a(L tfkqmd ePsf :yfgtkm{ a;fOF ;%{g\ eGg] cfd a'emfO /x]sf] % . t/ j}!flgs dfGotf cg';f/ of] dfq a;fOF ;/fOsf] sf/)f xf]Og …
विज्ञान
सिसाले ढल्यो साम्राज्य प््रााचीन कालमा अस्तित्वमा रहेको रोमन साम्राज्यको पतन संबन्धि विभिन्न सिद्धान्तहरु छन् जस मध्य सिसा धातुको कारण उत्पन्न विशाक्ततालाई कारण मान्ने अवधारणालाई वैज्ञानिक तथ्यहरुका आधारमा आजभोलि ज्यादा महत्वकासाथ हेर्ने गरिएको छ । प्रस्तुत छ, रोमन साम्राज्य पतन संग जोडिएको यसै धातु सम्बन्धि रोचक प्रशंग ।
 -आनन्द काफ्ले  शासन सत्ता उल्टाउँने अथवा साम्राज्यलाई परास्त गर्ने विभिन्न तरिकाहरु छन् । इतिहासमा संसारका विभिन्न मुलुकहरु तथा कहिलेकाहीँ एउटै मुलुकमा पनि पटक पटक शासन सत्ता उल्टिएर नयाँ व्यवस्था स्थापित हुने गरेको हामी पाउँछौँ । धेरै ठाउँमा जनताको विद्रोहका कारणले, कतै युद्ध पराजयपछि तथा कतै सैन्य कुका कारण शासन व्यवस्था परिवर्तन भएका उदाहरणहरु कैयौँ छन् । तर युरोपमा प्रचीन कालमा कायम रहेको रोमन साम्राज्यको पतन एउटा अनौठो किसिमबाट भएको मानिन्छ । लामो समयसम्म रहस्यको गर्भमा रहेको उक्त ऐतिहासिक घटनाका संबन्धमा बीसौँ शताव्दिका वैज्ञानिक तथा इतिहासकारहरुले एउटा निस्कर्ष निकालेका छन्, जसअनुसार रोमन साम्राज्यको पतन लेड (सिसा) नाम गरेको धातुका कारण भएको हो । यस…
यार्सा गुम्बा: पौराणिक सोमरस  ■ आनन्द काफ्ले पौराणिक ग्रन्थ तथा कथा, कहानिहरुमा सोमरस् भन्ने पदार्थको वयान गरिएको पाइन्छ । खास गरेर झृग्वेद र अथर्ववेदमा यसको बारेमा उल्लेख गरिएको छ । झृग्वेदमा गरिएको सोमरस्को वयान अनुसार् सोम् नामको जडीबुटीबाट निकालिने चमत्कारिक गुणहरुयुक्त यो पदार्थमा अनेक रोग व्याधिहरुबाट बचाउँने र शरीरलाई सधैँ तन्नेरी जस्तो फुर्तिलो राख्ने क्षमता हुन्छ । यसमा देवताका राजा मानिने इन्द्र यही सोमरस्को सेवनबाटै बलवान र शक्तिशाली बनेका  बताइएको छ ।  पौराणिक आख्यानहरुकुा सवै कुरालाई सही मान्न पक्कै पनि सकिँदैन । तर यस्ता ग्रन्थहरुमा उल्लिखित सोमरस सम्बन्धि तर्कहरु स्वैरकल्पनामात्र हुन सक्दैनन् भनी मान्ने वैज्ञानिकहरु यो पदार्थको खोजीमा लागेका छन् । कोही कोही अन्वेशकहरु सोमरस उपलव्ध गराउँने सोमवृक्ष रामायणकाल अघि नै विलुप्त भइसकेको मान्छन् । अन्य केहीको मान्यता अनुसार आजभोलि पनि पाइँने गाँजा वा इफेड्रा भनिने जडीवुटी नै वेदमा उल्लिखित सोम वनस्पति हुन् । इरानी धर्मग्रन्थमा उल्लिखित हओमा ( पर्सियन भाषामा स को उच्चारण ह हुन्छ ) भनिने जडीबुटीलाई सोमरस्को श्रोत मान्नेहरु पनि छ…
कविता ढुंगेयुगमृत्युकोव्यापारआनन्दकाफ्ले

दिनरातखुलाछन्यहाँ अस्पतालरमसानघाटहरु, गर्जनछाड्दैचालुरहन्छन् मृत्यूकाकारखाना, आकासरधर्तीमा खुल्लमखुलारबेलगाम, अबसानकाप्यासीरअनिष्टकापूजारीबन्दै। सागकापातरनूनकापोकामा लुकेरपुग्छ, मृत्यूनै दागाधर्दैबस्छ, निख्रिन्छरफेरिप्रवेशगर्छ, डाइनिड. टेबलमा्। निसंकोच, निस्फिक्री।
दुर्घटनातहुन्छन्नै, किनकीयहाँसडकछन्, खुल्लाआकासछ। जहाजहरुखस्छन्रगाडीहरुभेरी, राप्तीमाहाम्फाल्छन् जोगिएरबाँच्नतढुंगेयुगमाजन्मनुपर्योनि। तरआजै, प्रेस्कृप्सन्कोबोझलेथिचिएकोविरामी बिलमामूल्यदेख्दैमा हार्टफेलभएरबित्योरे, अस्पतालमा। ‘बितेछ ?’ ‘बितिहाल्छन्नि। ’ अस्पतालछन्रपो
अंतरीक्षमा लाइका □आनन्द काफ्ले सन् १९५७ अक्टुवरको एक रात रुसी नेता निकिता ख्रुसचेवको निवासमा ठूलो रात्रिभोजको आयोजना गरिएको थियो । यो सोभियत संघले स्पुतनिक १ प्रक्षेपण गरेको केही समय पस्चातको कुरो हो । यस रात्रीभोजमा रुसी युुनियनका ठूला अंतरीक्ष  अन्वेशक तथा वैज्ञानिकहरु आमन्त्रित थिए । जस मध्ये सोभियत अंतरीक्ष  कार्यक्रमका संस्थापक सेर्गेइ कोरोलेभको पनि उपस्थिति थियो । उक्त अवसरमा ख्र्रुसचेवले वैज्ञानिकहरु समक्ष नोभेम्वर ७ मा मनाइँने बोल्सेभिक क्रान्तिको चालीसौँ वर्षगाँठको अवसरमा स्पुतनिक २ प्रक्षेपण गर्नुपर्ने नयाँ प्रस्ताव राखे । त्यसबेला कोरोलेभ निकै विकसित यान तथा उपग्रहरुको अनुसन्धानमा जुटिरहेका थिए । तर नयाँ यान पुरा तयार हुनकालागि कम्तिमा पनि अरु दुई महीना लाग्थ्यो जुनकि प्रस्तावित समयभन्दा निकै ढिलो हो । अब उनले हतारमा नयाँ यान स्पुतनिक २ तयार गर्नमा जुटनुपर्ने भयो । जम्मा समय चार हप्ता भन्दा ज्यादा थिएन । यति छोटो समयमा बिना कुनै डिजाइन यस यानको निर्माणमा वैज्ञानिकहरु लागिपरे । विल्कुलै भिन्न अवधारणामा निर्माण भइरहेको स्पुतनिक २ यानमा इतिहासमै पहिलो पटक एउटा जीवित प्राणी कु…
Forest FormulaANANDA KAFLE Decline in forest areas is increasingly becoming a matter of public concern in Nepal. Commercial logging, conversion of forests into cultivable land and felling trees for construction works are major causes of loss of forests. Following political transformation in 1990, deforestation reached its peak. Apparently, the trees were felled to resettle landless people. However, many wood racketeers took undue advantage of this situation under political protection and started smuggling timbers.

Needless to say, trees are important in maintaining environmental balance. Trees check soil erosion and landslides. They filter water and play major role in maintaining climatic balance and proper rain cycle. Forests are homes to diverse species of plants and animals. The widely focused menaces of carbon dioxide emission and global warming can be mitigated by plants which consume large excess of carbon dioxide and produce higher amounts of oxygen.

But news of seizure of loads…