Monday, January 19, 2015

यार्सा गुम्बा: पौराणिक सोमरस 

■ आनन्द काफ्ले

पौराणिक ग्रन्थ तथा कथा, कहानिहरुमा सोमरस् भन्ने पदार्थको वयान गरिएको पाइन्छ । खास गरेर झृग्वेद र अथर्ववेदमा यसको बारेमा उल्लेख गरिएको छ । झृग्वेदमा गरिएको सोमरस्को वयान अनुसार् सोम् नामको जडीबुटीबाट निकालिने चमत्कारिक गुणहरुयुक्त यो पदार्थमा अनेक रोग व्याधिहरुबाट बचाउँने र शरीरलाई सधैँ तन्नेरी जस्तो फुर्तिलो राख्ने क्षमता हुन्छ । यसमा देवताका राजा मानिने इन्द्र यही सोमरस्को सेवनबाटै बलवान र शक्तिशाली बनेका  बताइएको छ । 
पौराणिक आख्यानहरुकुा सवै कुरालाई सही मान्न पक्कै पनि सकिँदैन । तर यस्ता ग्रन्थहरुमा उल्लिखित सोमरस सम्बन्धि तर्कहरु स्वैरकल्पनामात्र हुन सक्दैनन् भनी मान्ने वैज्ञानिकहरु यो पदार्थको खोजीमा लागेका छन् । कोही कोही अन्वेशकहरु सोमरस उपलव्ध गराउँने सोमवृक्ष रामायणकाल अघि नै विलुप्त भइसकेको मान्छन् । अन्य केहीको मान्यता अनुसार आजभोलि पनि पाइँने गाँजा वा इफेड्रा भनिने जडीवुटी नै वेदमा उल्लिखित सोम वनस्पति हुन् । इरानी धर्मग्रन्थमा उल्लिखित हओमा ( पर्सियन भाषामा स को उच्चारण ह हुन्छ ) भनिने जडीबुटीलाई सोमरस्को श्रोत मान्नेहरु पनि छन् । च्याउविज्ञ आर. गार्डन वैशनले चाहिँ एक किसिमको च्याउ एमानिटा मस्कारिया ( Amanita muscaria  )मा पौराणिक सोमरस्का विशेषताहरु रहेको बताएका छन् । 
तर अहिले सोमरस् सम्वन्धि दावेदारीमा यौटा अर्को नाम थपिएको छ, त्यो हो नेपालको उच्च हिमाली भाग तथा चिनको तिब्बतक्षेत्रमा पाइँने यार्सागुम्बा । तिव्वती बोलचालको भाषामा यार्सा गुम्बा ( यार सा गुम्बा )को अर्थ हुन्छ जाडोमा कीरा, गर्मीमा घाँस । यार्सा गुम्बा एक किसिमको ढुसी र कोड.काओ व्याट मथ भनिने कीराको लार्भा बीचको पारजैविक संबन्धबाट तयार हुने क्याटरपिलर मसरुम – भुनगा च्याउ )  हो । यसलाइ वैज्ञानिक भाषामा ओफियोकार्डिसेप्स साइनेन्सिस  भनिन्छ । हिमाली हावापानीमा पाइने कोड.काओ व्याट मथले जाडो याम भन्दा केही अघि अंडा पार्छ । अंडाबाट निस्किने लार्भाहरु( भुनगा ) खानेकुराको खोजीमा यत्र तत्र भड्किँदै जाँदा हिउँबाट बच्नका लागि जमिनमुनि घुस्रँन पुग्छन् । त्यसपछि यिनीहरु एककिसिमको कीटभक्षी ढुसीको चपेटामा पर्छन् र यहीँबाट सुरु हुन्छ, बहुचर्चित यार्सागुम्बाको सृजना । आफ्ना जराहरुलाई भुनगाको शरीरभित्र छिराएर ढुसीले जाडोभरि पोषण प्राप्त गर्छ । जव गृष्म झृतु सुरु हुन्छ र हिउँ पग्लन थाल्छ, मृत भइसकेका लार्भाका शरीरबाट ढुसीका तन्तुहरु घाँस झैँ बाहिर निस्कन्छन् । यसै कारण यो जीवको नाम यार्सा गुम्बा अर्थात जाडोमा कीरा, गर्मीमा घाँस राखिएको हो । यार्सा गुम्बा नेपाल र चिनका अलावा भारत तथा भुटानमा पनि पाइँन्छ ।  
पारम्परिक औषधिका रुपमा यार्सा गुम्बाको उपयोग चिन र आसपासका क्षेत्रमा लामो समयदेखि हुँदै आएको थियो । चिनमा सर्वप्रथम गाईगोठालाहरुले यो जीव पत्ता लगाएको वताइन्छ । यार्सा गुम्बा खाएका कारण आफ्ना बूढा बस्तुहरु पनि तन्दुरुस्त र बलिया रहेका ठान्दै यी चिनियाँहरुले यसलाई ओखति र शक्तिबद्र्धक टनिकका रुपमा प्रयोगमा ल्याउँन थाले । तर बाँकी विश्वमा यसको उपयोगिता सम्बन्धि जानकारीको प्रसार सन् १९९३  मा भएको चिनियाँ राष्ट्रिय खेलकुद पछि मात्र भएको हो । यो खेलकुदमा तीनजना उत्कृष्ट महिला एथलेटिक्स् खेलाडीहरु वाड. जान्सी, कु युञ्जी र साँड. लिड.्लीले यार्सा गुम्बाको नियमित सेवन गर्ने गरेको खुलासा पछि एकाएक यो जडीबुटी तर्फ पश्चिमा ध्यान तानिएको थियो । यिनीहरुले अविस्वसनीय प्रदर्शन मार्फत पाँच वटा विश्वरेकर्ड तोडेका थिए । यी कीर्तिमानसंबन्धि विवाद उत्पन्न भएपश्चात गरिएका सबै डोपिड. परीक्षण नेगेटिभ पाइएपछि उनीहरुका प्रशिक्षकले उक्त कुराको खुलासा गरेका हुन् । आजभोलि पश्चिमा मुलुकहरुमा हिमाली भियाग्रा भनेर पनि चिनिने यसको लोकपृयता समयक्रमसंगै, विशेषत ः शक्तिवद्र्धक र यौनवद्र्धक जडीबुटीका रुपमा बढ्दै गएको छ । यसले खासगरी पुरुष हर्मोनहरुको उत्पादन बढाउँनुका साथै कलेजो र मृगौलालाई फाइदा पुर्याउँने कुरा हाल आएर वैज्ञानिक रुपमै पनि प्रमाणित भइसकेको छ । अत्याधिक माग तथा सीमित श्रोतहरुका कारणले यार्सागुम्बा अहिले संसारकै महंगो ओखति बन्न पुगेको छ । 
यसको औषधीय गुणाका कारक चाहिँ १८ प्रतिशतको मात्रामा पाइँने बीटा डी ग्लुकन र २ प्रतिशत मात्रामा हुँने एडीनोसीन भन्ने रासायनिक पदार्थहरुलाई मानिएको छ । यसका अलावा केही मात्रामा हुने कोर्डिसेपिक अम्ललाई पनि महत्वपूर्ण मानिन्छ । आजकल विभिन्न ट्रेड मार्क तथा नाम दिएर संसारभर नै यार्सागुम्बाको विक्रीवितरण भइरहेको छ । नेपालका मनाङ्ग , डोल्पा, दार्चला लगायत जिल्लाहरुका हिमाली भेगमा यार्सागुम्बा एक राम्रो आयश्रोतका रुपमा स्थापित भएको छ । सन् २००४ मा प्रतिकिलो ६००००० रुपैयाँमा विक्रि हुँने गरेको यो जडीबुटीको मूल्य हाल सम्म आइपुग्दा झण्डै दश गुनाले वृद्धि भइसकेको छ । मूल्य बढेपनि यसको वार्षिक उत्पादन बढाउँन सकिने भरपर्दो उपाय हालसम्म फेलापर्न सकेको छैन । चिनमा कृतृम खेतिपातिको विधिबाट यसको उत्पादन बढाउँने प्रयासहरु चाहिँ हुन थालेका छन् । आसा गरौँ पौराणिक कालको सोमबृक्षको जस पाउँदै गरेको यार्सा गुम्बाको उत्पादन र प्रसोधनको विकासबाट भविष्यमा हाम्रो देशका हिमाली भेगहरुमा जीवनस्तरलाई अझ माथि उकास्न सकिन्छ । 
(नव युवा मासिक मा तीन बर्ष अगाडि प्रकाशित लेखलाई पछिल्लो जानकारी अनुसार पुनर्लेखन गरी प्रेषण गरिएको)
तश्वीर: www.japanese.alibaba.com   
संदर्भसामाग्रीहरु ः
Ophiocordyceps sinensis. www.wikipedia.org
Oldenberg Hermann. The Religion of The Veda
Berkeley MJ. (1843). "On some entomogenous Sphaeriae"London Journal of Botany 2: 205–11

- Yarsagumba – www.yarsagumba.eu
- मिश्र अरविन्द डा , यार सा गुम्बा, सर्दी में कीडा  गर्मी में घास, विज्ञान प्रगति, पूर्णांक ६७१, बैज्ञानिक तथा औद्योगिक अनुसंधान परिषद, नयाँ दिल्ली। 





Friday, January 16, 2015

कविता

ढुंगे युग मृत्युको व्यापार

आनन्द काफ्ले



दिनरात खुला छन् यहाँ
अस्पताल मसानघाटहरु,
गर्जन छाड्दै चालु रहन्छन्
मृत्यूका कारखाना, आकास धर्तीमा
खुल्लम खुला बेलगाम,
अबसानका प्यासी अनिष्टका पूजारी बन्दै
सागका पात नूनका पोकामा
लुकेर पुग्छ, मृत्यू नै
दागा धर्दै बस्छ, निख्रिन्छ फेरि प्रवेश गर्छ, डाइनिड. टेबलमा्
निसंकोच, निस्फिक्री

दुर्घटना हुन्छन् नै, किनकी यहाँ सडक छन्,
खुल्ला आकास
जहाजहरु खस्छन् गाडीहरु भेरी, राप्तीमा हाम्फाल्छन्
जोगिएर बाँच्न ढुंगे युगमा जन्मनु पर्यो नि
तर आजै,
प्रेस्कृप्सन्को बोझले थिचिएको विरामी
बिलमा मूल्य देख्दैमा
हार्टफेल भएर बित्यो रे, अस्पतालमा
बितेछ ?’
बितिहाल्छन् नि
अस्पताल छन् पो बित्छन्,
निस्फिक्री बाँच्न ढुंगे युगमा जन्मनु पर्यो नि

सरकारी अफिस्,
झ्याल बाहिर लामो लाम लोडसेडिड.
बिजुली छैन,
अब कप्युटर्, इन्टरनेट
समय गुज्रँदो ,
बाहिर अत्यास् , बेचैनी
तर भित्र चैनको निस्वास्
...................
भित्रको मनुवा बाहिर छैन,
बाहिरका मानिस भित्र छैनन्
घुम्ने मेचमा बसेर टाउका गन्छ ,
औँला भाँच्छ,
निकाल्छ हिसाब सौदाको
हुँ ?’
नत्र भोलि ’ ‘लाइन भएछ भने
भोलि तर कति वटा?
बाहिर नैराष्यको ज्वारभाटा
रित्तो खल्ती छाम्ने मनुवा
दगुर्छ अझ बाहिर
लोडसेडिड.ग् तालिकाले, खल्ती भर्छ
अनि कुलेलम ठोक्छ
धन्य प्रभू, प्राधिकरण पो तालिका

जान्नेलाई फापेकै छन्
मृत्युका बिछ्यौना लोडसेडिड.हरु
अनि के को गनगन ?
मन्द बुद्धिले चैनसंग बाँच्न ,
ढुंगे युगमा जन्मनु पर्यो नि

तेलको लाइनमा उभिँदा बलेको मन
दुई लिटर पेटोलले निभाइदिन्छ,
भीरैभीर गुड्दा झस्किएको मुटु
पक्की सडकको आस्वाशनले बुझाइदिन्छ
हँ ?
यहाँ नपुग्दो के ?
जुक्ति हुनेहरु महलमा बसेकै छन्
तब साँचो कुरो,
सोझो औँलाले घ्यू खान
ढुंगे युगमा जन्मनु पर्यो नि






अंतरीक्षमा लाइका     

□आनन्द काफ्ले

सन् १९५७ अक्टुवरको एक रात रुसी नेता निकिता ख्रुसचेवको निवासमा ठूलो रात्रिभोजको आयोजना गरिएको थियो । यो सोभियत संघले स्पुतनिक १ प्रक्षेपण गरेको केही समय पस्चातको कुरो हो । यस रात्रीभोजमा रुसी युुनियनका ठूला अंतरीक्ष  अन्वेशक तथा वैज्ञानिकहरु आमन्त्रित थिए । जस मध्ये सोभियत अंतरीक्ष  कार्यक्रमका संस्थापक सेर्गेइ कोरोलेभको पनि उपस्थिति थियो । उक्त अवसरमा ख्र्रुसचेवले वैज्ञानिकहरु समक्ष नोभेम्वर ७ मा मनाइँने बोल्सेभिक क्रान्तिको चालीसौँ वर्षगाँठको अवसरमा स्पुतनिक २ प्रक्षेपण गर्नुपर्ने नयाँ प्रस्ताव राखे । त्यसबेला कोरोलेभ निकै विकसित यान तथा उपग्रहरुको अनुसन्धानमा जुटिरहेका थिए । तर नयाँ यान पुरा तयार हुनकालागि कम्तिमा पनि अरु दुई महीना लाग्थ्यो जुनकि प्रस्तावित समयभन्दा निकै ढिलो हो । अब उनले हतारमा नयाँ यान स्पुतनिक २ तयार गर्नमा जुटनुपर्ने भयो । जम्मा समय चार हप्ता भन्दा ज्यादा थिएन । यति छोटो समयमा बिना कुनै डिजाइन यस यानको निर्माणमा वैज्ञानिकहरु लागिपरे । विल्कुलै भिन्न अवधारणामा निर्माण भइरहेको स्पुतनिक २ यानमा इतिहासमै पहिलो पटक एउटा जीवित प्राणी कुकुरलाई पठाइँदै थियो । आखिरमा निर्धारित समयसिमा भित्र नै यसको निमाण पुरा भयो । 




सन् १९५७ को नोभेम्वर ३ तारिखका दिन सोभियत संघ ले स्पुतनिक¬ २ मा ज्युँदो कुकुर पठायो । मस्कोका सडक गल्लीहरुमा घुमिहिँड्ने सो पोथी भुस्याहा कुकुरको नाम लाइका राखिएको थियो । भुस्याहा कुकुरले प्रतिकुल अवस्थाहरुको सामना गर्न सक्ने क्षमता राख्ने मान्यताका कारण यस्तो कुकुरको छनौट गरिएको थियो । प्रक्षेपणपूर्व, लाइकालाई उडानको स्थिति अनुकुल बनाउँनका लागि तालिम दिइएको थियो । स्पूतनिक २ को साँघुरो ठाउँमा बस्ने बानी पार्न उसलाई निकै सानो खोरमा राखेर अभ्यस्त बनाइएको थियो । यसैगरि, रकेटको गतिसंग समायोजन गर्नकालागि सेन्ट्रिफ्युजमा राखेर तालिम दिइएको थियो । यसोगर्दा लाइकाको धडकन दोब्बर हुन्थ्यो । त्यस्तै उसलाई अत्यन्त पोषिलो विशेष किसिमको जेल खाने बानि पारिएको थियो । तालिममा भने लाइकाको साथमा अल्विना र मस्का नाम गरेका अन्य दुई पोथी कुकुर पनि सामेल थिए । ती मध्यबाट उसको छनौट भएको थियो ।  
 सोभियत प्रेसले लाइकाको ज्ीवनकालागि चाहिने सम्पूर्ण सुविधा सािहतको २५० पाउण्ड तौल भएको यानको प्रसंसामा समाचार प्रकासित गरे । प्रक्षेपण भएको केही समय पछि सोभियतले उक्त यान तथा लाइका कहिल्यै नफर्कने गरी पठाइएको घोषणा गर्यो। नेता ख्रुस्चेवको प्रस्ताव अनुसार ल्याइएको उक्त परियोजना सीतयुद्धकालीन राजनीतिको एउटा परीणति थियो । सामान्य योजनाबाट छोटो समयमा निर्माण सम्पन्न भएको स्पुतनिक २ मा केही अत्यावश्यक उपकरणहरु भने जडान गरिएका थिए । ताप तथा चाप नाप्नका लागि लाइकाको क्याविनमा सेन्सरहरु राखिएका थिए । साथसाथै एउटा टीभी क्यामेरा र यात्री कुकुरको स्वासप्रस्वास्, रक्तचाप र मुटुको चाल नाप्ने यन्त्रहरु पनि  जडान गरिएको थियो । पृथ्वीमा वसेर लाइकाले कति समय, कस्तो अवस्थामा रहेर वितायो भन्ने वुझ्नका लागि आवस्यक उपकरणहरुले यानलाई सुसज्जित गरिएको थियो । 
अंतरीक्ष  यात्राका क्रममा जीवित प्राणीमा कस्तो असर पर्छ भन्ने सम्वन्धमा जानकारी हासिल गर्नका लागि यो कार्यक्रम ल्याइएको थियो । त्यो समयमा जीवित प्राणीलाई सकुसल अंतरीक्ष  यात्रामा पठाउँन सकिन्न भन्ने आम धारणा थियो । त्यसै कारण एक गैह्रमानव प्राणीलाई परीक्षणमा सामेल गरिएको थियो । 
लन्च भएको सात दिन पछि स्पुतनिक २ को व्याट्री सकियो । सवै सिस्टम डेड भएपनि स्पुतनिकले १९५८ अप्रिल १४ सम्म पृथ्वीलाई परिक्रमा गरिरह्यो र २५७० परिक्रमा पछि पृथ्वीको वायुमण्डलमा भित्रियो। पश्चिमा राष्ट्रहरुमा स्पुतनिक २ ले जनावरमाथिको दुरव्यवहारको मुद्दालाई पुनः जगायो । लाइकाको  मृत्यूको   यथार्थ कारण थाहा पाउँन भने दसकौं कुर्नुपर्यो । दसकौं सम्म पनि यसको विवाद पष्चिमभर कायम रह्यो । हालै प्रकाशित एक रिपोर्ट अनुसार लाइका कक्षमा चार दिन जीवित रहेको जनाइएको छ । तनाव तथा यानको क्याविनमा अत्याधिक ताप वृद्धिका कारण उसको मृत्यू  भएको मानिन्छ । लाइका मरेपनि यो कार्यक्रमले जीवित प्राणीलाई अन्तरिक्षमा पठाउँन सकिने कुराको खुलासा भयो र मानिसलाई नै पठाउँनकालागि विकास गर्नुपर्ने प्रविधि सम्वन्धि ज्ञान हासिल गर्न समेत मद्दत पुग्यो । 
लाइका सम्मिलित यो कार्यक्रमको सफलता पछि उसको नामले संसारभरि नै लोकपृयता हासिल गर्यो । लाइका ब्राण्डनेम दिइएका जुत्ता, भेष्ट जस्ता सामाग्रि निकै लोकपृयाताका साथ बिक्री  भए भने यसै नामको फूटबल क्लव समेत गठन भएको थियो । समग्रमा भन्दा उक्त नाम एक हिसावमा सम्मानको प्रतीक भएको थियो । लाइकाको संसारभर सर्वत्र सम्मान भएपनि यो कार्यक्रम उत्तिकै आलोचित पनि बन्यो । खासगरेर पशु अधिकारवादीहरुले यसलाई क्रुर र अमानवीय कार्यको रुपमा आलोचना गरे । सर्वत्र आलोचित बन्नुपरेपछि लाइकालाई पठाउँने टीमका ओलेग गाजेन्कोले सन् १९९८ मा आफ्नो प्रयोग प्रति दुःख ब्यक्त गरेका थिए । 
(नवा युवा मासिकमाँ पूर्व प्रकाशित लेखलाई नयाँ जानकारीहरुको आधारमा केहि सम्पादन सहित पुनर्प्रकाशित गरिएको- लेखक)

सन्दर्भ सामाग्रीहरु
The Sad Story of Laika, the First Dog Launched Into Orbit- TIME, November 3, 2014
First Dog in Space Died Within Hours- BBC, October 28, 2002
Remembering Laika, The ‘Muttnik’ Space Dog- Nature World News November 4, 2014
Laika- MS Encarta 2009
Laika- en.wikipedia.org
तस्वीर  : MS Encarta 2009 , http:// scrapetv.com; 

            








Forest Formula

ANANDA KAFLE
Decline in forest areas is increasingly becoming a matter of public concern in Nepal. Commercial logging, conversion of forests into cultivable land and felling trees for construction works are major causes of loss of forests. Following political transformation in 1990, deforestation reached its peak. Apparently, the trees were felled to resettle landless people. However, many wood racketeers took undue advantage of this situation under political protection and started smuggling timbers.

Needless to say, trees are important in maintaining environmental balance. Trees check soil erosion and landslides. They filter water and play major role in maintaining climatic balance and proper rain cycle. Forests are homes to diverse species of plants and animals. The widely focused menaces of carbon dioxide emission and global warming can be mitigated by plants which consume large excess of carbon dioxide and produce higher amounts of oxygen.

But news of seizure of loads of illegally drawn forest products and confrontations between loggers and security forces paint a bleak picture of forest conditions in the country. In paper, there are strong legal provisions against those involved in felling trees and transporting them. But more often than not, common people get trapped in the labyrinthine legal procedures for their minor offenses. They may need to engage themselves for years in defending against the charges of forest offenses. But senior forest officials and security personnel involved in facilitating the illegal export of timber are often given pardon. This raises question over the trustworthiness of their commitments. People in villages are not getting wood even to make a chair, while tons of valuable logs are being systematically smuggled.

Green forest has become a repository of gold for smugglers. They exploit this ‘store’ secretly in the night or in appropriate times when their activities can be hidden from the public sight. There are also other systematic ways for the thieves. Those include the planned clearing of forest based on mass consent. Members of the ‘community forest’ and Forest Consumer Groups first agree to fell trees in certain specified areas. In documentation the revenues obtained are meant to be spent in the sectors of public benefits like establishing schools and health posts. But once logging starts, the deforesters rapidly cross their limits, rampantly destroying forests and dividing a large portion of revenue among themselves.

Smugglers have also been taking undue advantages of the government plans of removing old trees from community forests. They first obtain permits to fell old, hollow and dead tree trunks. After entering into the jungle they start damaging younger and well thriving trees. They peel off the bark, pass toxic chemicals into tree-trunks or destroying their roots. After a couple of months those trees get dried up and become ‘suitable’ for chopping. In this way, the forest racketeers, instead of limiting themselves to naturally dead trees, artificially make them die and pull them along with low quality timber.

Government conservation plans present a sequence of failures. Its token efforts are being challenged by smugglers and corrupt officials. Restrictions on chopping trees seem to be a mere scarecrow to show how difficult it is to acquire wood. Therefore, common people also tend to amass unnecessarily large quantity of timber whenever they get the opportunity. The efforts on forest management are limited in conserving the primary forest. The need of finding solutions and alternatives for the public demand of timber is utterly neglected. Afforestation and reforestation programs are lacking.

Afforestation constitutes plantation of trees in a piece of land where there is no forest. Pieces of lands which are either unused or deserted can be afforested with appropriate plant species. Such artificially grown forests can be used for commercial logging and supplying timber. Fast growing and cosmopolitan plant species like Paulownia and bamboo can be best choices for generating artificial forests. Paulownia is a broad leaved shade tree that yields light and strong timber suitable for direct use or for processing. It can be grown in a variety of landscapes having moderate water supply. In addition to good quality wood, this plant can be a good source for palatable fodder for livestock and nectar for bee farming.

Similarly, bamboo has diverse utilities ranging from currying or pickling to construction and making useful artifacts. Bamboo trees are quite efficient at carbon sequestering and producing oxygen. Several species of this grass plant can be grown in various climates ranging from very hot to fairly cold. Many other indigenous and non-indigenous species can be found for planting in particular geographical location.

If the government really wants to save forest, mere attempts to keep natural forest intact won’t be enough. The foresters are also required to promote the concept of afforestation and properly managed wood logging. This will help on one hand to expand the existing forest area while on the other for meeting with the public demand of timber. It will ultimately reduce deforestation of the primary forest. 


Earlier Published in Republica- September 24, 2014

तार्किक कि प्रायोगिक

आनन्द काफ्ले “प्रज्वलनशील पदार्थहरुको भित्र ‘फ्लोजिस्टोन् (phlogiston)’ नाम गरेको अग्नी तत्व हुन्छ, जसका कारण ती जल्ने गर्दछन् । जुन पदार...