Friday, January 16, 2015

कविता

ढुंगे युग मृत्युको व्यापार

आनन्द काफ्ले



दिनरात खुला छन् यहाँ
अस्पताल मसानघाटहरु,
गर्जन छाड्दै चालु रहन्छन्
मृत्यूका कारखाना, आकास धर्तीमा
खुल्लम खुला बेलगाम,
अबसानका प्यासी अनिष्टका पूजारी बन्दै
सागका पात नूनका पोकामा
लुकेर पुग्छ, मृत्यू नै
दागा धर्दै बस्छ, निख्रिन्छ फेरि प्रवेश गर्छ, डाइनिड. टेबलमा्
निसंकोच, निस्फिक्री

दुर्घटना हुन्छन् नै, किनकी यहाँ सडक छन्,
खुल्ला आकास
जहाजहरु खस्छन् गाडीहरु भेरी, राप्तीमा हाम्फाल्छन्
जोगिएर बाँच्न ढुंगे युगमा जन्मनु पर्यो नि
तर आजै,
प्रेस्कृप्सन्को बोझले थिचिएको विरामी
बिलमा मूल्य देख्दैमा
हार्टफेल भएर बित्यो रे, अस्पतालमा
बितेछ ?’
बितिहाल्छन् नि
अस्पताल छन् पो बित्छन्,
निस्फिक्री बाँच्न ढुंगे युगमा जन्मनु पर्यो नि

सरकारी अफिस्,
झ्याल बाहिर लामो लाम लोडसेडिड.
बिजुली छैन,
अब कप्युटर्, इन्टरनेट
समय गुज्रँदो ,
बाहिर अत्यास् , बेचैनी
तर भित्र चैनको निस्वास्
...................
भित्रको मनुवा बाहिर छैन,
बाहिरका मानिस भित्र छैनन्
घुम्ने मेचमा बसेर टाउका गन्छ ,
औँला भाँच्छ,
निकाल्छ हिसाब सौदाको
हुँ ?’
नत्र भोलि ’ ‘लाइन भएछ भने
भोलि तर कति वटा?
बाहिर नैराष्यको ज्वारभाटा
रित्तो खल्ती छाम्ने मनुवा
दगुर्छ अझ बाहिर
लोडसेडिड.ग् तालिकाले, खल्ती भर्छ
अनि कुलेलम ठोक्छ
धन्य प्रभू, प्राधिकरण पो तालिका

जान्नेलाई फापेकै छन्
मृत्युका बिछ्यौना लोडसेडिड.हरु
अनि के को गनगन ?
मन्द बुद्धिले चैनसंग बाँच्न ,
ढुंगे युगमा जन्मनु पर्यो नि

तेलको लाइनमा उभिँदा बलेको मन
दुई लिटर पेटोलले निभाइदिन्छ,
भीरैभीर गुड्दा झस्किएको मुटु
पक्की सडकको आस्वाशनले बुझाइदिन्छ
हँ ?
यहाँ नपुग्दो के ?
जुक्ति हुनेहरु महलमा बसेकै छन्
तब साँचो कुरो,
सोझो औँलाले घ्यू खान
ढुंगे युगमा जन्मनु पर्यो नि






No comments:

Post a Comment

तार्किक कि प्रायोगिक

आनन्द काफ्ले “प्रज्वलनशील पदार्थहरुको भित्र ‘फ्लोजिस्टोन् (phlogiston)’ नाम गरेको अग्नी तत्व हुन्छ, जसका कारण ती जल्ने गर्दछन् । जुन पदार...