Saturday, June 27, 2015

अमेरिकी हार्प प्रोजेक्ट र महाँभूकम्प

जापानमा सन् २०११ मा महाँभुकम्प गयो । र्इन्डोनेसियामा केहि समय अगाडि त्यस्तै विपद पर्यो । सन् २००९ को हैटी भुइँचालोलार्इ अहिले सम्म संसारले भुल्न सकेको छैन । यी सबै घटना पूर्णरूपेण प्राकृतिक प्रकोप थिए । न बाढी पहिरोमा जस्तो बन विनास् वा अधिक चरीचरन् वा जमिनको अत्याधिक दोहन, इत्यादिको बहाना बनार्इ मान्छेको विनासकारी चरित्रको अ।लोचना गर्नु न त अाणविक अष्त्र जस्ता घातक प्रविधिको लागि शक्तिशाली विश्वलार्इ धारे हात लगाउँनु । केही गर्न नसकिने कसिमका ।
Photo courtesy: www.interdimensioncomm.com 



तर यी विपदहरूका सन्दर्भमा पनि अपजस् खपिरहेको एउटा संस्था वा अभियान थियो । त्यो बहुअालोचित अभियान अरू कसैको नभएर दुनियाँभर संकास्पद तथा विवादास्पद रणनीतिक कृयाकलापका कारण वाह्य तथा अान्तरिक अालोचनाहरूको सिकार भइरहने अमेरिकी सैन्य संरचना भित्रको एउटा अंग थियो । र त्यो थियो, अमेरिकी जलसेना र उसको हाइ फ्रिक्वेन्सी एक्टिभ अउरोरल रिसर्च प्रोग्राम (High Frequency Active Auroral Research Program)  वा हार्प (HAARP) । वायुमण्डलको अायोनोस्फेयर तहमा हुँने प्राकृतिक गतिविधिहरूको अध्ययन अनुसन्धान मार्फत हवाइ कृयाकलापहरूको नियन्त्रण  र व्यवस्थापनलार्इ सहज बनाउँने, पृथ्वीको सतहमा पाइँने खनिजहरूको अध्ययनलार्इ मद्धत पुर्याउँने, इत्यादि जस्ता लक्ष्य भएको बताइएको यो परियोजनाका अन्य लगानीकतर्ताहरू अलास्का विश्वविध्यालय र अमेरिकी रक्षा अनुसन्धान संग नै सम्बन्धित डिफेन्स् एड्भान्स्ड रिसर्च प्रोजेक्ट थिए । यो संयुक्त अनुसन्धान परियोजनाले अमेरिकाको ध्रुवीय राज्य अलास्काको गाकोना दुन क्षेत्रमा कैयोँ किलोमिटर फैलावटको रहस्यमय उपकरणसंजाल स्थापना गरेको बताइन्छ । अ।योनस्फेरिक रिसर्च इन्स्ट्रुमेन्ट भनिने यो संजालमा रहेका १८० एनटेना तथा कैयैाँ खम्बा लगायतकाका संरचनाहरू त्यो दुर्गम क्षेत्र अासपासका गाउँका बासिन्दाहरूका लागि मात्र नभएर संसारभरिकै मानिसहरूको बीचमा त्रासमय कउतुहलका विषय रहिअ।एका छन् ।
अशंका, त्रास् र अफवाह
अमेरिका यस्तो देश हो जसले संसार भरका सम्पूर्ण वैज्ञानिक गतिविधिहरू, अध्ययन अनुसन्धान इत्यादिका क्षेत्रमा प्रत्यक्ष, अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । क्यान्सरको दवाइ निर्माण देखि लिएर सामान्य मानवीय स्वाभाव, अाचरणा वा सामाजिक चरित्र संबन्धि अनुसन्धान सम्ममा पनि बाँकी दुनियाँले अमेरिकी पहललार्इ उच्च मान्यता दिँदै अ।एको छ । राजनैतिक, कुटननीतिक वा रणनैतिक हिसावले जति इख राखे पनि एसियाली तथा युरोपेली मुलुकको बैज्ञानिक समुदाय विज्ञान प्रविधि क्षेत्रमा रहँदै अाएको अमरिकी योगदान प्रति नतमस्तक छ । अमेरिकाको कुनै ख्यातीप्राप्त अनुसन्धान प्रकाशनमा अ।फूलार्इ प्रस्तुत गर्न सके दुनियाँभरका वैज्ञानिकले अ।फूलार्इ प्रशंसायोग्य ठान्छन् अहिले पनि (अाजकल झूठा अनुसन्धान उपलब्धीहरूका दावी गर्ने  कूटबैज्ञानिक (Pseudoscientific) समुदायको सबैभन्दा बढी बिगबिगी भएको मुलुक पनि अमेरिका नै मानिन्छ, त्यो बेग्लै कुरो हो)
सर्सर्ती हेर्दा विशुद्ध बैज्ञानिक प्रयोजनको देखिने हार्प परियोजनामा पनि त्यस्तो ससंकित हुनुपर्ने वा डराउँनु पर्ने कुनै कुरा देखिँदैन । तर पनि यसमा विध्यमान अमेरिकी सैन्य लगानी र संलग्नता तथा केही द्वेधअर्थात्मक, घोषित प्रयोजनहरूले विश्वलार्इ निकै ससंकित र भयभीत पार्न मद्धत पुर्याए । त्यस्ता तत्वहरू मध्यमा मुख्यतः हार्प परियोजनाको हवाइ निगरानी संयन्त्र सम्बन्धि बुँदाहरू पर्ने गर्छन् । हवाइ निगरानी भन्ने बित्तिकै उच्च सैन्य सजगताको स्थितिमा रहने गरेको विश्वको शक्तिसम्पन्न कित्तामा स्वाभाविक रूपमा हलचल हुने नै भयो । यिनका अलावा यसलार्इ भुकम्प, बाढी पहिरो, ज्वालामुखी, मानसिक व्याधि, ज्वालामुखी इत्यादिको कारक तत्वका रूपमा पनि व्याख्या गर्ने गरेको पाइन्छ । यति मात्र नभएर गत वर्ष गायब भएको मलेसियन एयरलाइन्स्को विमान प्रकरणमा पनि एक थरीले यसैलार्इ दोषी देखाए ।  
हार्प सम्बन्धि कतिपय कुरा तथ्यसंगत भए पनि कतिपय चाहिँ फगत अपफवाहहरू रहेका छन् । यस्ता अफवाहहरूले मुख्यतया दुनियाँमा विध्यमान दुर्इ वटा कित्तामा ज्यादा स्थान जमाएको देखिन्छ । ती मध्य एउटा, स्वाभाविक रूपमा, विज्ञान सम्बन्धि अचेतना वा अल्प चेतनाले ग्रस्त समुदाय पर्छ । यो अचेतन वर्ग भनेको यस्तो समूह हो, जो वैज्ञानिक तथ्य र तर्कहरूको खोजीमा सदैव रहन्छ, तर व्याख्या र वयानहरूको वैज्ञानिकता र तथ्यपरकताको परख गर्न सक्दैन । त्यसकारण अक्सर भ्रामक व्याख्याहरूको सिकार पनि भइरहेको हुन्छ । कागको अ।यु हजार वर्ष हुन्छ भनेर कुनै पन्डितले भनिदिँदा पनि अलैकिक ज्ञान प्राप्त भए जसरी नतमस्तक हुने हाम्रै समाजको एउटा धर्मिभिरू तप्का जस्तो समुहको वर्ग नै यो वर्ग हो भन्न सकिन्छ ।  
दोश्रो वर्ग चाहिँ वैज्ञानिकहरूको यस्तो समुदाय हो, जो समाजको सचेत र जागरूक कित्ता हुँदाहुँदै पनि कुनै सरकार, वा कुनै स्वार्थ समूहहरूको बन्धक बनाइएको हुन्छ । अक्सर वैज्ञानिक समुदायमा सकारात्मक योगदानका लागि प्रयत्नशील रहेर समाजबाट एक हद सम्मको विश्वास पनि हासिल गरेको हुन्छ । तर ती सबै योगदानहरूको जडमा कुनै कुनै रूपमा लउकिक स्वार्थहरू वा अन्ध राष्टर्वादको तुस लुकेको हुन्छ, जसले सत्यलार्इ सत्य जसरी अोकल्न नदिने मात्र होइन, उनीहरूलार्इ असत्यलार्इ पनि सत्य जसरी प्रचार गर्न प्रोत्साहन गरिरहेको हुन्छ ।
हार्प पिरयेजनाले अाफ्नो लक्षित क्षेत्र बनाएको अायोनस्पफेयर (Ionosphere) पर्थ्वी को सतहबाट लगभग चालीस देखि तीनसय सत्तरी माइल बीचको वायुमण्डलीय क्षेत्रमा पर्दछ । यहाँ पदार्थका परमाणुहरूबाट पैदा हुने चार्जयुक्त अायोनहरूको उपस्थिति रहेको हुन्छ । यस्ता चार्जयुक्त कणहरूका कारण खास गरी ध्रूवीय क्षेत्रमा अउरोरा (Aurora) वा उषारोची (संष्कृत, उषस् = विहानी + रोची = प्रकाश ) भनिने सुन्दर प्रकाशपुन्जहरूको श्रृजना हुन पुग्दछ (यस्ता अयोनस्पफेयरिक गतिविधिका लागि अमेरिकाको अलास्का प्रख्यात मानिन्छ) । यही पकृयासंग समान गतिविधिबाट नै हवाइ उड्डयन, देखि लिएर रेडियो प्रशारण सम्ममा प्रभाव पार्ने साैर्य अाँधी (Solar storm) जस्ता प्राकृतिक घटनाहरू हुने गर्दछन् । यस प्रकार हार्प परियोजनाले दुनियाँभरि नै हवाइ निगरानी कायम गरी अाफ्नो सामरिक स्वार्थ पूरा गर्ला भन्ने अासंकामा विश्वास नगर्नु पर्ने कारण छैन । अति उच्च उर्जा प्रवाह मार्फत प्राकृतिक, वायुमण्डलीय गतिविधिहरूमा परिवर्तन गर्ने भएका कारण यसले मैसम र जलवायुमा पनि प्रतिकुल असर गर्ला । वायुमन्डलबाट अति उच्च उर्जा पृथ्वी धरातल सम्म प्रवाह गर्न सक्षम मानिएको यो प्रविधिले अासपासका क्षेत्रमा केही हद सम्म कम्पन पनि पैदा गर्न सक्ने मान्यता राख्छन् वैज्ञानिकहरू । यो प्रविधिका कैयोँ हानिकारक पक्षाहरू छन्, त्यसमा दुर्इमत नहोला ।
महाभूकम्प र हार्प
नेपालमा हालसालै गएको महाँभूकम्प पछि हार्प सम्बन्धमा अहिले चर्चा के रहेछ त भनेर खोज्दै जाँदा एक थरी मान्छेहरूले फाट्ट फुट्ट रूपमा नेपालको भुइँचालोका लागि पनि यो परियोजना तर्फ अाैँला उठाएको देखियो, सामाजिक संजाल तथा विभिन्न व्लगहरूमा । तर माथि भनिए जस्तै यससंग सम्बन्धित कतिपय तर्कहरू युक्तिसंगत देखिए पनि यस्तो प्रयोगले महाँभूकम्प जस्तो विपद ल्याउँन सक्नेमा वैज्ञानिकहरू सहमत छैनन् । प्रभावित क्षेत्र अासपासमा व्लास्टिङले जस्तै सानातिना कम्पन अाउनु स्वाभाविक भए पनि यस्तो प्रविधिले पैदा गर्ने उच्च उर्जायुक्त अन्तरकृयाहरूका वावजुद पनि कैयैँ रेक्टर स्केलको भूकम्प निम्तिन सक्ने मा वैज्ञानिक समुदाय सहमत छैन ।

तर हाल अाएर यो परियोजनाको वर्तमान अवस्थाका बारेमा नै पनि विरोधाभासपूर्ण तर्कहरू अाउँने गरेका छन् । बढ्दो अन्तर्राष्टि्रय दवावका कारण अमेरिकाले, समय समयमा उद्घोष गर्ने गरे जस्तै, सन् २०१४ देखि नै यो परियोजना बन्द गरिसक्यो भन्नेमा विश्वास गर्ने जमात एकातिर छ भने यस्ता घोषणाहरूलार्इ रणनीतिक बहाना बनाउँदै उसले अाफ्नो अभियान जारी नै राखेको मान्ने समुह पनि कायमै छ । यस हिसाबले यो परियोजनालार्इ धेरैले पाण्डोराको बाकस जस्तै रहस्यपूर्ण मान्ने गरेका छन् । तर जे होस् महाँमकम्प जस्तेf नितानत प्राकृतिक दुर्घटनामा पनि कसैलार्इ दोष दिनु चाहिँ वैज्ञानिक हिसावले युक्तिसंगत देखिन्न ।       

No comments:

Post a Comment

तार्किक कि प्रायोगिक

आनन्द काफ्ले “प्रज्वलनशील पदार्थहरुको भित्र ‘फ्लोजिस्टोन् (phlogiston)’ नाम गरेको अग्नी तत्व हुन्छ, जसका कारण ती जल्ने गर्दछन् । जुन पदार...