Wednesday, July 29, 2015

एउटा सानो प्रयोग गराैँ ।

मैले भर्खरै किनेर ल्याएको पंखाको प्लास्टिक ब्लेडमा एक दुर्इ दिन चलाए पछि नै धुलो तथा भुवा जस्ता किसिमका फोहोर जमेको पाइयो  (चित्रमा देखाइएको) ( स्मरण रहोस्, कोठामा त्यस्तो देखिने फोहोर केही छैन)। यसको दुर्इ संभावित कारणहरू तल दिइएका छन् । 
१. पंखाको हावाले तानेर जम्मा गरेको हुन सक्छ (तर कसरी? हावाले त बाहिर फ्याँक्नु पर्ने हो ।)
२. हावासंगको तीब्र घर्सणका कारण प्लास्टिक र पंखाको फ्रेममा लगाइएको पालिसमा स्थिर चार्ज पैदा भएर ससाना कणहरूलार्इ अाफू तिर तानेर जम्मा गरेको हुन सक्छ । 
यस्तो कसरी भयो भनेर अाफैँ जान्न मन लाग्यो भने तपार्इँ कस्तो किसिमको प्रयोग (Experiment) गर्नुहुन्छ ? अनि कसरी अाफ्नो नतिजा विज्ञानसम्मत ढंगबाट प्रस्तुत गर्नुहुन्छ ? (उत्तर फेला परे बताउँनु होला)
ख्याल गर्नुहोला, यसको कुनै एउटै मात्र जवाफ नहुन सक्छ । तपार्इँ र मैले गर्ने प्रयोग पनि भिन्न हुन सक्छ । तर पक्कै पनि गार्हो प्रयोग चाहिँ नहोला । 
अति सामान्य दैनिक घटनाहरूलार्इ पनि वैज्ञानिक अाँखाले हेर्ने र यथार्थ कारण पत्ता लगाउँने जमर्को गर्न सके कति राम्रो होला । ससाना, हाइस्कुल वा अलि मुनिका भाइ बहिनीहरूलार्इ यस्तै सामान्य लाग्ने समस्या समाधान गर्न प्रेरित गर्ने हो भने कालान्तरमा तिनै केटाकेटीहरू खाँट्टी रिसर्चर बनेर निस्कन सक्छन् । तपार्इँलार्इ सोच्न उपयुक्त लाग्यो भने यस्ता कुरा मा पनि घोत्लिनुस् जसलार्इ तपार्इँको हजुरबुबाले 'ह्या, नाथे यस्ता मसिना कुरा पनि जान्दैन । यो .......... कारणले हुन्छ नि' भनेर जवाफ दिनुहवोस् । धेरै दैनिक घटनाहरूका यथार्थ कारण हामीले सोचे जस्ता सिधा नहुन पनि सक्छन् ।अन्तमा, अाफ्ना केटाकेटी, भार्इबहिनी, इत्यादिलार्इ जेको पनि बनीबनाउ उत्तर दिएर उनीहरूलार्इ परजीवी नबनाअाैँ । बरू उनीहरूको स्तर अनुसारका प्रश्न सोधेर उनीहरूमा अाफ्नो मगज उपयोग गर्ने बानी बिकास गर्न मद्दत गराैँ ।   

तार्किक कि प्रायोगिक

आनन्द काफ्ले “प्रज्वलनशील पदार्थहरुको भित्र ‘फ्लोजिस्टोन् (phlogiston)’ नाम गरेको अग्नी तत्व हुन्छ, जसका कारण ती जल्ने गर्दछन् । जुन पदार...