Skip to main content

Posts

Showing posts from October, 2018

अामेरिका नो ताईसिखान

टोकियो जानका लागि 'नागारेयामा आेताकानोमोरी' भन्ने स्टेसनबाट 'चुकुबा एक्सप्रेश'को रेल चढ्दा बिहानको सबा छ बजेको थियो । राजधानी तिर जाने रेलमा बिहानको भीडभाड सुरु भैसकेको समय भए पनि बस्नका लागि एउटा सिट मिल्यो । राति अबेला सम्म ल्याबमा काम गर्नु परेकाले निद्रा त्यति राम्ररी पुगेको थिएन, सिटमा बसेपछि एकै छिनमा झकाउँन सुरु भइहाल्यो । भित्ता तर्फ अडेस लागेर, टेम्पुको सिटमा बसे जसरी बसिरहँदा, उभिएका यात्रुहरूकोबीचको खाली ठाउँबाट पल्लो पट्टीको झ्याल बाहिरको द्रिष्य झालाकझुलुक देखिन्थ्यो । एक्सप्रेस ट्रेन भएकाले बीचमा एउटा दुईटा स्टेशन छाडेर गईरहेको थियो । अलिक खुला ठाउँमा निस्किएपछि पारिपट्टि अरू लाईनका रेलहरु देखिए । तिनै मध्यका रेलहरुमा मैले कहिल्यै कल्पना नगरेको द्रिष्य देखियो । रेलको छतमा भरि मान्छे बसेका थिए । डब्बै पिच्छे, अटेस मटेस भएर बसेका यात्रुहरुका टाउकाले पुरै छत कालो देखिएको थियो । ठूलो अचम्ममा परेँ । जापानी रेलको छत भरि मान्छे??!!!!      'कितासेन्जु' आईपुग्यो भन्ने सूचनाएनाउन्स्भएपछि निद्रालु आँखा मिच्दै ट्रेनबाट बाहिर निस्किएँ । रेल बदल्नु थियो ।जे…

A trip to outskirts

On a bright, sunny day in August, this year, we boarded on a small ship capable of carrying 50-55 people, at the seabanks in Tokyo Bay. Our purpose for sailing on this boat was to watch the marine fishes. The ship left the seashore and made its way across the clear, blue waters. In a moderate offing, one of the crew members announced that it was time to watch the fishes. “Travelers on the left, please watch outside the window”, he instructed. We, sitting in a row on seats laid along the windows, followed his instruction and threw our eyes at the fishes. The crew was throwing food for the fishes from the deck of the ship and the fishes gathered near the surface to eat the food. And it was the very time we had to catch them in our sight. After a while, those seated on the right side similarly watch them. They were the same redfish which was displayed on the roof of the hotel managing our sailing, as well as the brochure distributed to us.


 This story is about the annual educational tour …

पाँचको पचास कि उन्नाईसको बीस ?

सफा, उज्यालो, अगष्ट महिनाको एक दिन, हामी सानु अाकारको पानी जहाज चढेर समुद्रमा अोर्लियौँ । पचास / पचपन्न जना जति अट्ने यस्तो जहाजमा चढेर  समुद्री माछा हेर्ने कार्यक्रम थियो । समुद्रको नीलो पानीमा तैरिँदै टापु छाडेर समुद्रको माझ तिर हान्निइयो । जहाज कुनै अर्को टापुमा अडिएपछि दहको छेउछाउतिर उभिएर समुद्री माछा हेर्ने होला भन्ने मेरो कल्पना थियो । तर त्यस्तो होइन रहेछ । समुद्रमा अलिक भित्र कतै पुगेपछि डुंगाका स्टाफले एनाउन्स् गरे , 'अब देब्रे (हिदारी) तिरका अोक्याक्सामा (ग्राहक) ले झ्यालबाहिर हेर्नुहोला।' झ्यालको अाडमा लहरै राखिएका सिटमा बसिरहेका हामीहरु उभिएर बाहिर तिर नियाल्न थाल्यौँ । माथिबाट नाउका स्टाफले माछाको चारो फुत्त फुत्त फ्याँकिदिने रहेछन्, माछाहरु त्यहि चारो खानकालागि झुण्डका झुण्ड पानी माथितिर अाउँने । त्यहिबेला तिनको दर्शन गर्नु पर्ने ! दर्शन गरियो । अलिकबेर पछि दायाँतिरको लहरमा हुनेहरुले त्यसैगरी दर्शन गरे ।  कुनै खास कुरो थिएन त्यो । खाली, जहाजमा बसेर वरिपरि नीलो पानी र समुद्री छालको बीचबाट केही ठूला (तर त्यति धेरै ठूला होइनन् !) अाकारका राता माछा 'हेर्ने'…

मेरो भन्नु

मेरो भन्नु लेख्नु मेरो रुचिको विषय हो । पहिले पहिले नेपाली तथा अंग्रेजी भाषाका पत्रपत्रिकामा नियमित/ अनियमित लेख रचनाहरु लेख्ने गर्थेँ । नवयुवा मासिक (मुल्यांकन प्रकाशन गृह) मा केही समय विज्ञान सम्बन्धि लेखहरु नियमित रुपमा लेखेँ । तर पछि यो पत्रिकाको प्रकाशन बन्द भयो । एक समय, खास गरेर किशोर/ युवा पाठकहरुका बीचमा संभवत: सबै भन्दा लोकपृय पत्रिका यही थियो । २०५२ / ५३ तिरबाट प्रकाशन सुरु भएको हुँदो हो; लगभग डेढ दशक जति चल्यो होला । सुचना प्रविधिको विकाससंगै मान्छेहरुको रुचि कागजी अक्षरबाट काँचको पर्दामा कोरिएका अक्षर तिर ज्यादा बढ्दै गर्नुको परिणाम होला, नवयुवाले आफूलाई धान्न सकेन । त्यो भन्दा अघि र पछि हिमालयन टाईँम्स्, दि काठमाण्डौ पोष्ट र रिपब्लिका अंग्रेजी दैनिक तथा केही नेपाली दैनिक पत्रिकामा पनि लेखेको छु । कुनै समयमा देशका राम्रै पत्रिकामा एकादुई कविता पनि छापिएका भए तापनि पछि कविता लेख्नमा रुचि हराएर गयो । हाल अाएर पत्रिकाहरुमा पनि खासै लेखिँदैन । तर लेख्ने रुचि भने हराएको छैन । कता हो कता ‘क्रेजी राईटर’ त होइन तर कता कता अक्षरहरु तर्फको अाकर्षणले समय समयमा तानिरहन्छ । …