Thursday, November 22, 2018

भ्याटिकनमा 'कन्ट्रीम्यान' र 'फ्रेण्ड'

अानन्द काफ्ले

मेट्रो रेलबाट अोर्लिएर भ्याटिकन सिटी तिर लाग्ने बाटोमा प्रवेश गर्ने बित्तिकै बिभिन्न ट्राभल एजेन्सीका दलालहरूले अाफ्ना अाफ्ना प्याकेजका विज्ञापन लेखिएका पाम्प्लेट हातमा राखिदिने, मुखैले पनि विज्ञापन गर्ने देखि लिएर बाटो छेकी छेकी टुरिष्टहरूलार्इ रिझाउँने प्रयत्न गर्छन् । यस्ता दलालहरूमा अधिकांश बंगलादेशी युवाहरू हुन्छन् भने केही इन्डियन र अफ्रिकनहरू पनि । त्यहाँ जानु भन्दा पहिले नै, रोमका अन्य ठाउँहरूको भ्रमणका क्रममा पनि यस्ता
त्यहाँ त्यत्तिका मान्छेहरू देखेपछि बडो दुबिधा भयो । लाइनमा नलागाैँ, यत्रो समय खर्च गरेर विश्वको सबै भन्दा सानो देश घुम्न भनेर छुट्टि लिएर अाएको त्यसै खेर जाने, अनि लाइन लागाै, दिउँसो त के झमक्क साँझ परून्जेल पनि लाइन छिचाेल्न सकिने संभावना देखिएन ।

दलालहरूबाट हुने दिक्दारी झेलिसकेका ले उनीहरूबाट बच्ने उपायको रूपमा, उनीहरूलार्इ उपेक्षा गर्दै अगाडि बढेँ । भ्याटिकन सिटी भित्र प्रवेश गर्ने गेट छेउमा पुग्दा त्यहाँ सयौँको संख्यामा यात्रुहरूको भीड देखियो । बिहानभरि घुमेर दिउँसो तिर, वा बेलुका सम्म नै भए पनि अाफ्नो एक हप्ते कार्यस्थल, ला सापियन्जा क्याम्पस फर्किने गरी प्रोफेशरहरूसंग सल्लाह गरेर निस्किएको थिएँ । त्यहाँ त्यत्तिका मान्छेहरू देखेपछि बडो दुबिधा भयो । लाइनमा नलागाैँ, यत्रो समय खर्च गरेर विश्वको सबै भन्दा सानो देश घुम्न भनेर छुट्टि लिएर अाएको त्यसै खेर जाने, अनि लाइन लागाै, दिउँसो त के झमक्क साँझ परून्जेल पनि लाइन छिचाेल्न सकिने संभावना देखिएन । त्यत्तिकै अल्मलिएर, बाटो छेउको रेलिङमा अाड लिएर उभिरहेको थिएँ । अगाडिबाट होचो होचो कदको, दक्षिण एसियन अनुहारको एउटा युवा देखा पर्यो । उ अरू कोही नभएर, तिनै, अघिदेखि अाफूले पन्छाउँदै हिँडेका दलालहरू मध्यको एउटा थियो । पहिलेदेखि नै मेरो अनुहार पढिरहेको थियो सायद । नजिकै अाएपछि 'हेल्लो, ......फ्रम इन्डिया ?' भनेर प्रश्न गर्यो । अलिक अगाडिको कुराे भए त्यसको कुरा सुने नसुने झैँ गरिदिन्थेँ होला, तर यो त अाफू अलमलमा परेको समयको कुरो पर्यो । फेरि अाफ्नो राष्ट्रियताका बारेमा कसैमा यत्रो ठूलो भ्रम रहँनु अनि अाफू चुपचाप, काठ जसरी उभिरहँनु पनि त श्रेयस्कर थिएन। 'नो, अाइएम फ्रम नेपाल ।' भनेँ र अाैपचारिकताका लागि उसलार्इ पनि सोधि टोपलेँ, एन्ड यू ? ....... इन्डिया ? ......., .... बंग्लादेश ? बेशक, दोश्रो अड्कल मिल्यो । 'वावो, हाउ क्यान यू गेस विद सच ए कन्फिडेन्स द् याट अाइ एम फ्रम बंग्लादेश ? ह्वाइ नट पाकिस्तान ? ह्वाइ नट श्रीलंका अर एनी अदर कन्ट्री ?' उसले हाँस्दै सोध्यो , बातचित लम्ब्याउँने मनसाय हुँदोहो सायद । 'इट्ज नट मच डिफिकल्ट; देयर अार मेनी  अफ बंगलादेशी-पिपल अराउण्ड रोम । बट एक्च्युअल्ली, अाइ वज इक्वल्ली थिंकिङ दयाट यू कुड बी एन इन्डियन ।' मैले जवाफ दिएँ । "यस, स्योर, बट अाइ क्यान हार्डली मीट एनी नेपाली अराउण्ड हेयर ।" उसले स्पष्टीकरण दियो । त्यसपछि उसको बिज्नेस डिल सुरू भयो । हेर्नूस्, यो लाइन देखिहाल्नुभो, यसलाई छिचोल्न तपार्इँलाई कम से कम अाठ घण्टा लाग्छ । अनि अाफैँ घुम्न थाल्नुभयो भने घुम्न मात्र अरू चार घण्टा लाग्छ । अाफैँ विचार गर्नुहोस् । घुम्न भनेर अाउँनुभाछ, हाम्रो रेगुलर शुल्क ५३ युरो हो । त्यसमा फास्ट ट्रयाक इन्ट्री, फास्ट ट्रयाक भिजिट, अनि सबै कुरा बुझाइदिने एउटा गाइड पनि पाउँनुहुन्छ । ल भैगो, तपार्इँ भनेको 'अाफ्नै देश'को मान्छे, ५३ पनि भन्दिन, मात्र ४८ यूरो दिनुस् ।" मेरो कुनै प्रतिकृया नपर्खीकन उसले भनीसिध्यायो ।
यसै बीचमा यता उता टहल्दै गरेको, अग्लो कदको अफ्रिकन हाम्रै छेउ तिर अायो । उसलार्इ देखेपछि बंलादेशी अलि सकपकायो, हतारियो । व्यग्रतासाथ, उसले अाफ्नो नयाँ प्रस्ताव पेश गर्यो । "तपार्इँ ४८ युरोमा घुम्ने भए अहिले नै फिक्स गर्नुस् । नत्र पछि तपार्इँले इच्छा गरे पनि ५३ नै लाग्नेछ ।" मैले इन्कार गर्दै जवाफ दिएँ, "बट अाइ निड सम टाइम टु मेक अ डिसिजन् । अल्सो, अार्इ वन्ट टु लुक दी अाउटर एरिया बिफोर भिजिटिङ द म्युजियम ।" उसको व्यग्रता अझै कम भएको थिएन, अफ्रिकन छेउमै अाइपुग्यो । बंगलादेशीले अत्तालिँदै मेरो परिचय उसलार्इ दियो, "माइ 'कन्ट्रीम्यान', वान्ट्स टु भिजिट विद अस् ।" 'नाप्पियोस त' भने जस्तो अनुहार बनाउँदै अफ्रिकन त्यहाँबाट कुलेलम ठोक्यो । म पनि केही बेरमै, बंगलादेशीको प्रस्तावलार्इ बेवास्ता गर्दै, पहिले वरिपरि घुम्नुछ भनेर निस्किएँ ।
क्याथोलिक चर्चको अाँगनमा रहेको दर्शक दीर्घाको छेउमा उभिएर यताउता हेर्दै गर्दा कसैले पछाडिबाट बोलायो । यो त्यही स्थान थियो जहाँ पोपको चुनाव ताका परिणाम सुन्नकालागि मानिसहरू प्रतिक्षा गर्ने गर्छन् । छानाबाट सेतो वा कालो धुवाँ मार्फत चुनावको परिणाम सुचित गर्ने भवनको अगाडि ।
"फ्रेण्ड" भनेर पछाडिबाट बोलाउँने पुरूष त्यहि पारि भेट भएको अफ्रिकन थियो । अार्इ एम फलानो, फ्रम नाइजेरिया । उसले अाफ्नो परिचय बतायो । "डिड यु डिसाइड टु ज्वइन द्याट गाइज् ग्रूप ?" उसले सोध्यो । "नट येट" मैले जवाफ दिएँ । "वी अल्सो ह्याव एन अफर फर यू । अार्इ क्यान म्यानेज योर ट्रिप जस्ट फर ४६ युरो ।" उसले सायद मलार्इ लोभ्याउँन चाह्यो । "बट द्याट बंगलादेशी सेज् हि क्यान टेक मी जस्ट फर्  थर्टी नाइन युरोज् ।" मैले माैका चुकाउँन चाहिँन । "विध्यार्थी हो ?" उसले सोध्यो । हो भनेर मैले जवाफ दिएपछि ल भैगो ३९ होइन ४१ युरोमा जाउँ भन्दै उसले अाफ्नू दलाली भाउ पेश गर्यो । भैगो जान्न भनेर म अर्कातिर फर्किएपछि उसले अकस्मात अाफ्नो अफर फेर्दै भन्यो, "ल ल कसैलार्इ नभन्नू, म ३६ युरोमा लैजान्छु, हुन्छ त ?" अाफ्नो देशमा छ सय रूपियाँ पर्ने कपडाको भाउ साहुजीहरूले पहिले चार हजार राख्छन्, अनि कसैले १५०० मा अाफ्नो अडान छाडेन भने "ल भैगो, घाटै खाएर दिन्छु, १५५० दिनूस्, तर अरुलाई नभन्नुहोला" भनेर कुरो टुङ्ग्याउँछन् । यहाँ पनि लगभग त्यो भन्दा ज्यादा फरक देखिएन ।
मैले हुन्छ भनेपछि लगभग दश मिनेट हिँडाएर नाइजेरियनले मलार्इ एउटा ट्राभल एजेन्सीमा पुर्यायो । त्यहाँकी रिसेप्सनिस्टसंग इटालियन भाषामा कुरा गर्यो । उसको अन्तिम जवाफ थियो, विध्यार्थी कार्ड छ भने ४१ युरो । नाइजेरियनले ४१ यूरो र कार्ड निकाल्न भन्यो । कुरो जे भए पनि यति अोर अाइसकेपछि यो भूसतिघ्रेसंग धेरै सवालजवाफ गर्नुको खास फाइदा छैन भन्ने महसुस गरिसकेको थिएँ । "यु ह्याड टोल्ट मि समथिङ डिफरेन्ट, बट एनिवे ….." भन्दै मैले अाफ्नो कार्ड रिसेप्सनिष्टलार्इ दिएँ ।रिसेप्सनिष्टले कार्ड लिई र फोटोकपी गरी । म पर्समा रुपियाँ ठिक पार्दै थिएँ । उसले मेरो कार्ड गौर गरेर हेरेर मलाई फिर्ता गर्दै भुसतिघ्रेसंग केही भनी । भुसतिघ्रेले एक पटक अाफ्नो अनुहार निचोर्यो अनि मतिर फर्किँदै भन्यो, “विध्यार्थी छुट त २५ वर्ष मुनिकालागि मात्र हो रे । तिम्रो उमेरका कारण नहुँने भयो ।”
हँ!! म जिल्ल । फेरि अाफ्नो देश संझेँ, जहाँ साठी नाघेर सेतै फूलेका बृद्दहरू पनि “विध्यार्थी कार्ड” देखाएर बसको कन्डक्टरलाई थर्काउँदै छुटको दाबी गरिरहेका हुन्छन् । कन्डक्टरले कुनै संसय देखाएछ भने, “म को हुँ, चिनेको छस्?” भनेर पाखुरा सुर्किँन पनि बेर लगाउँदैनन् ।
कुरो मनासिव नै थियो। पच्चिस वर्ष सम्मकाले पाउँने छुट पैंतीसको लाठेले दावी गर्ने कुरो थिएन।
“खैर जे होस्, यो एकलासमा यस्तो भुसतिघ्रेसंग के जोरी खोज्नु। घुम्नु नै छ, छयालीस वा अड्चालिस वा त्रिपन्न युरो नै किन नलागोस, जाने हो, नाथे हजार पन्द्रसयमा के दलाली गर्नु।” मनले भन्यो।
“खैर जे होस्, यो एकलासमा यस्तो भुसतिघ्रेसंग के जोरी खोज्नु। घुम्नु नै छ, छयालीस वा अड्चालिस वा त्रिपन्न युरो नै किन नलागोस, जाने हो, नाथे हजार पन्द्रसयमा के दलाली गर्नु।” मनले भन्यो।
फेरि तुरुन्तै  मनमा आयो, “तर यो त यसले भनेको छत्तीस युरोको कुरो त होइन नि। एक पल्ट अन्तिम प्रयासको रुपमा यसलाई किन नसंझाउने? मिलिहाल्यो भने त बचेको पैसाले साँझको खाना नै आउँछ । ”
उ के गरौं वा के भनौं जस्तो गरेर त्यत्तिकै टोलाईरहेको थियो। मैले कुरो झिकें, “इट वाज अदर्वाइज ओके बट देयर वाज नो एनी मेन्सन अफ द्याट थर्टीसिक्स युरो एट दिस सप, वाजन्ट ईट यु हु टोल्ड द्याट ? (कुरो ठिकै छ, तर त्यो छतीस युरोको त  कुनै बातै भएन नि । तिमीले नै भनेका होईनौ पहिले ?)
उसले निकै चस्का परेझैँ गर्यो र त्यहाँकी रिसेप्सनिस्टसंग बिदा माग्दै “हिंड त्यहाँ अर्को एक ठाउँमा ट्राइ गरेर हेरौं ।” भन्यो।
अलिक पर, उसले भनेको “एकठाउँ” मा पुग्दा रिसेप्सनमा एउटी तेईस चौबीसकी युवती उपरखुट्टी लगाएर चुरोट पिईरहेकि थिई। उसले पनि पैंतीस बर्षको मान्छेलाई बिद्यार्थी भाडामा हुन्न नै भनी। तर  “फ्रेन्ड”ले उसंग बार्गेनिङ्ग गर्न छोडेन। अलिबेरको रस्साकस्सी पछि “फ्रेन्ड” म तिर फर्कियो।
“बिद्यार्थी छुट त हुँदै हुँदैन रे, तर यो केटी भन्छे एउटा ‘शिशु कोटा’ छ रे, छतीस युरो, जाने हो? नसोचेको अफर सुनाउंदै उसले भन्यो।
“कुरो ठिकै छ, तर यो ‘शिशु (इन्फ्यान्ट) कोट़ा’ भनेको चाहिं के? अरु सामान्य यात्रु जस्तै गरि जाने हो कि फरक हो?” साह्राले थाहा पाउने गरि शिशु क्याटागोरीमा जानुपर्ने कुरो हो कि भन्ने आशंका राख्दै मैले सोधेँ।
“तेस्तो केहि फरक छैन, ल्याउ छतीस युरो।” उसले भन्यो।
पैसा दिएपछि बिलको साथमा एउटा ब्याच दिंदै रिसेप्सनिस्टले भनी,  “यो लगाएर उ त्याहा एकछिन पर्खिनु, अरु यात्रु पनि भेला हुन्छन अनि जाउँला।”
यस्तो भिडभाड हुने ठाउँमा अरु धेरै यात्रुहरु ट्राभल एजेन्सीको शरणमा होलान भन्ने मेरो अनुमान थियो, तर अरु पांच जना जति भेला भएपछि ‘अब जाने’ भन्दै अर्की पातलो ज्यान भएकी महिला आइन। उनै रहिछन आजकि हाम्री गाइड।
हिंड्दै हिंड्दै भ्याटिकन म्युजियमको प्रवेशद्वार आइपुग्दा अलि अलि भीड भए पनि बिहान अलिक उता देखिएको जस्तो खचाखच थिएन। ट्राभल एजेन्सीबाट आउनेहरुका लागि अलिक भित्र पुगेपछि फास्ट ट्रयाक प्रवेशको व्यवस्था रहेछ।डुल्नकै लागि मात्र त खासै ट्राभल एजेन्सीको सहयोग चाहिने पनि होइन रहेछ, त्यहि हो, एउटी पथप्रदर्शक पनि पाएकाले भित्रको कुरा बुझ्न सजिलो चाहिं भयो।
बिहान त्यत्रो भीड थियो, त्यहि भीडलाई देखाएर ‘कन्ट्रीम्यान’ ले मलाई ट्राभल एजेन्सीको शरणमा पुग्ने बनाएको थियो। तर अहिले हेर्दा भीड भएपनि त्यत्रो बिघ्न ठूलो देखिएन।  खुल्दुली मेटाउन तिनै गाइडलाई सोधेँ, त्यत्रा मान्छे कता लागे भनेर। उनैबाट थाहा भयो, ती मध्य धेरै जसो म्युजियम भित्र छिर्न नभएर बिहानको प्रार्थना गर्न त्यहिं चर्च सम्म मात्र आएका रहेछन।
यत्तिका अलमल पछि बल्ल थाहा भयो, घुम्नको लागि न ‘कन्ट्रीम्यान’ ले भने जस्तो बार्ह बार्ह घण्टा लाग्ने रहेछ, न त यो ट्राभल एजेन्सी को नै तेत्रो जरुरी रहेछ। उसले बिहानको भीडलाई देखाएर मलाई ट्रयापमा पार्यो, तर फाइदा चाहिं अर्कैले उछिट्यायो।

जे होस् एउटा ऐतिहासिक स्थलको भ्रमण सफलतापूर्वक सकियो।   

No comments:

Post a Comment

तार्किक कि प्रायोगिक

आनन्द काफ्ले “प्रज्वलनशील पदार्थहरुको भित्र ‘फ्लोजिस्टोन् (phlogiston)’ नाम गरेको अग्नी तत्व हुन्छ, जसका कारण ती जल्ने गर्दछन् । जुन पदार...