Skip to main content

'ओबासान्' को घर

आनन्द काफ्ले


यो साल हामी बसिरहेको ठाउँमा खासै हिउँ परेको छैन । केही दिन अघि राति अलि अलि फास्सफुस्स परेको रहेछ, तर भुइँमा जम्ने गरि होइन, तुसारो जस्तो अलि अलि देखिने गरि मात्र । त्यो पछि हिजो रातिदेखि आज मध्यान्ह सम्म केहि हिमपात भयो । तर पोहोर साल जस्तो खुट्टो घुसाउँनु हो भने घुँडा माथि माथि सम्म पुग्ला झैँको घनघोर चाहिँ होइन । हाम्रो आँगनको कंकृट वाला भुइँमा वरफ जमेन, त्यहि भएर पोहोर जस्तो सावेलले खोतली खोतली पर्गेल्नु पनि परेन  । कपासका ससाना भुवा जसरी उड्दै आएका हिउँका टुक्रा कंकृटको सतह छुँदै बिलाउँदै गरिरहेका भए पनि बारी, चौर तिर भने पातलो तह हुने गरि जमेछ । यो वरिपरि घेराबेरा गरेर बनाइएको ओसिलो ठाउँमा पनि अन्त भन्दा केही बढी हिउँ जम्मा भएछ । युनिभर्सिटीबाट फर्कँने क्रममा हिउँ हेर्दै हेर्दै हिँड्दै गर्दा यहाँ भित्र आँखा पर्यो ।


हिउँ जमेको ठिक यही ठाउँ नेर पहिले ‘ओबासान्’ हरुको घर थियो ।

पुरानो कुरो हो, लेख्नै पर्ने खासै त्यस्तो पनि केही थिएन । तर किन किन यो ठाउँ नियाल्दै गर्दा मनले केही लेखौँ लेखौँ भन्यो । कुरो पोहोर सालको हो ।

यस्तै हिउँदको सिजन थियो । साँझ पख, म विश्वविध्यालयमै थिएँ । अचानक घरबाट श्रीमतीको फोन आयो । उनले आत्तिँदै भनिन्, ‘यहाँ बरबाद भैसकेछ ।’
‘के भएछ ?’ मैले सोधेँ ।
‘आगलागी भएछ नि ।’ उनले जवाफ दिइँन् ।
‘हँ!?’,मेरो मुटुले ठाउँ छोड्यो । अत्तालिँदै सोधेँ ‘कसको घरमा?’
‘यहाँ, ‘ओबासान्’को मा नि!’ उनले भनिन् ।

‘ओबासान् को घर……...!’ उफ ……… । मेरो मुटुले झन् ठाउँ छाड्यो ।
खोजी पस्दा थाहा भो, बूढाबूढी मटितेलबाट चल्ने हिटर तापेर बसिरहेका थिए रे । कसो कसो गरी आगोले “तातामी” भनिने खरले बुनेको गुन्द्रीलाई भेट्न पुगेछ । पुरानो घर, पुरानो तातामी, अझ घरमा बस्ने मान्छेहरु पनि बल हराईसकेका “पुराना” बृद्धबृद्धा ! मटितेलको आगोले भेटेको, केलाई पर्खिबसोस् ।

हामी बस्ने अपार्टमेन्ट भएको घरसंगै छिमेकमा एक जोडी बूढाबूढीको घर थियो । दुबै जना पचहत्तर माथिका हुँदा हुन् । ती मध्ये बुढिया चाहिँ मायालु स्वाभावकी, हाम्री छोरीलाई बोलाईरहन्थिन् । बिहान उ स्कूल जाने बेलामा प्राय: सधैँ जसो आफ्नो बार्दली वा झ्याल भित्रबाट हात हल्लाउँदै ‘ओहाईयो’ (गुडमर्निङ) भन्न भ्याएकै हुन्थिन् । त्यस्तै अघिपछि पनि छोरीलाई बाहिर कतै देखिन् भने उसैगरि केही न केही भनिरहेकी हुन्थिन् । छोरी त्यतिबेला जापानी किन्डरगार्टेन् जाँदै थिई । अलि अलि जापानी बुझ्न पनि थालिसकेकी भएर ती बुढियासंग आफ्नै शैलीमा हल्का फुल्का दोहोरो गफ गर्न सक्ने भएकी थिई । कहिेलेकाहिँ बुढियाले बोलाएर केकेजाति खेलौना, रुमाल, इत्यादि उपहार पनि दिईरहेकी हुन्थिन् । छोरी नेपालबाट जापान आएको त्यति लामो समय भएको थिएन । आफ्नो देशमा हजुरआमा, हजुरबुबाको माया अझै ताजै भएर होला, उसलाई ती बृद्धा हजुरआमा जस्तो लागेछ, त्यही भएर उनलाई ‘ओबासान्’ अर्थात हजुरआमा भनेर नै संबोधन् गर्थी । ‘ओबासान्’का पति ‘ओजीसान्’ त्यति खुलेर बोल्ने स्वाभावका नभए पनि कहिलेकाहीँ त्यस्तै गरि केही सोधिरहेका पनि हुन्थे । म चाहिँ जापानी फिट्टो केही पनि नजान्ने, जम्का भेट हुँदा ‘ओहाईयो गोजाईमास्’ (गुड मर्निङ) वा ‘कोन्निचिवा’ (गुड आफ्टरनून) भन्नु बाहेक !

ओबासानको घरको छानाबाट लगभग दश हात जतिको दुरीमा हामी बसेको घरको छाना थियो । त्यस भन्दा अधिल्लो दिनको ठूलो हुरी बतास संझेर मेरो मुटु ढक्क फुल्यो । यदि त्यस्तै हुरीबतास त्यस दिन पनि भएको भए दश हात परको हाम्रो घर त के त्यस्ता कैयौँ घरहरु नष्ट हुन सक्ने थिए । सौभाग्यवस त्यस दिन हावा शान्त थियो । हस्याङफस्याङ गर्दै म घर तिर लागेँ । सामान्यतया हिँडेर जाँदा लगभग बीस मिनेट लाग्ने बाटो त्यस दिन भने कता हो कता छिटो छिचोलिएछ ।

बाटामा निकै पर देखि नै दमकलको साईरन र घण्टीको आवाज सुनिँदै थियो । लगभग पाँचसय मिटर जति नजिक पुगेपछि दमकलहरु यत्रतत्र छरिएर रहेको देखियो । मोड मोडमा प्रहरी र अग्नि नियन्त्रक दस्ताले पहरा दिईरहेको थियो । बाटा बाटामा पानी पोखिएर बर्षात रोकिने बित्तिकैको अवस्थाको झल्को दिईरहेको थियो । चोकमा राखिएको पानीको ईमर्जेन्सी भण्डारण गरिएको ठाउँ (फायर सिस्टर्न) बाट दमकलहरु पानी भरि पनि रहेका थिए । पुलिसले सुझाएको घुमाउरो वैकल्पिक बाटो पहिल्याउँदै जाँदा यी सबै दृष्यहरुसंग साक्षात्कार भएको थियो । गौँडा गौडामा पुलिसले बाटो बन्द गरेको थियो । माझबाट धुवाँको मुस्लो निस्कि नै रहेको थियो । मलाई आफ्नो कोठा पुग्न पुलिसको छेको पार गरेर जानु थियो । आफ्नो घर त्यही जलिरहेको घरकै सामुन्नेको हो भन्ने संकेत गरेपछि मात्र मलाई जान दिईयो ।
म घर पुग्दा ओवासानको घरलाई आगोले धमाधम निल्दै थियो । हाम्रो र छरछिमेकका सबै घरलाई अग्नि नियन्त्रकहरुले सुरक्षा दिईरहेका थिए । क्षतिग्रष्त घर भित्र विशेष पोसाक, हेल्मेट र ढाडमा अक्सिजन सिलिण्डर बोकेका जवानहरुको एउटा टोली आगो नियन्त्रण गर्ने प्रयासमा देखियो । उनीहरु यताउता पानी छ्यापिरहेका त थिए तर पुरानो काठको घरलाई निल्न आतुर आगाका लप्काका सामु उनीहरुको जोड नचलेको स्पष्टै थियो । ओबासानले उभिएर हाम्री छोरीलाई हात हल्लाउँने बार्दली, अनि सिरक डसना तल सम्म लमतन्न बनाएर सुकाउँने गरेको झ्याल कोईला र खरानीसंगै अगि नै झरिसकेका थिए । हेर्दाहेर्दै घरको बाँकी रहेको अवशेषलाई पनि आगोले लगभग पुरै खाईदियो । अग्निनियन्त्रकहरुका प्रयास त्यतिकै व्यर्थ भयो । पानी छ्यापिएको अगुल्टो जस्ता भएका धरिन र खाँबाहरूका ठाउँठाउँबाट चाईँ चुईँ गर्दै धुवाँका साना ठूला मुस्ला आईरहेका थिए । अग्निनियन्त्रकहरू तिनै अगुल्टालाई ठोसठास पार्दै बाँकी रहेका फिलुंगालाई निस्तेज पार्ने प्रयासमा थिए ।
हेर्दाहेर्दै घरको बाँकी रहेको अवशेषलाई पनि आगोले लगभग पुरै खाईदियो । अग्निनियन्त्रकहरुका प्रयास त्यतिकै व्यर्थ भयो । पानी छ्यापिएको अगुल्टो जस्ता भएका धरिन र खाँबाहरूका ठाउँठाउँबाट चाईँ चुईँ गर्दै धुवाँका साना ठूला मुस्ला आईरहेका थिए ।

हामीकहाँ आजकल कतै आगलागी भयो भने मानिसहरु मद्दत गर्नुको साटो त्यस्तो विनासको भिडियो सुटिंग तिर लाग्छन् भन्ने गुनासा सुनिन्छ । समय समयको कुरा हो । पहिले पहिले यस्तो विपदमा सबै गाउँले मिलेर सहयोग गरिन्थ्यो । सबैको ध्यान कसरी क्षतिबाट जोगाउँने वा कम गर्ने भन्ने हुन्थ्यो । तर यहाँ जापानमा भने कुरो फरक रहेछ । आगलागी क्षेत्र भित्र सकभर अनावस्यक मान्छेलाई जानै नदिईने । जे गर्नुछ सबै सुरक्षा निकायको जिम्मा । वल्लोघर पल्लो घर बाहेक रमिते पनि हुँदारहेनछन् । फोटो भिडियो त परको कुरो भयो । हुन त यो सानो स्केलको आगलागी भएकोले पनि हुन सक्छ, नत्र त सकेको मद्दत गर्न चाहनेलाई कसरी रोक्दाहुन् र? पुलिस, अग्निनियन्त्रकहरु रातै भरि त्यहीँ रहे । ठूला ठूला, चहकिला बत्तीहरु बलिरहे । उनीहरुकै सुझाव अनुसार हामी चाहिँ आफ्ना आफ्ना घर भित्र निस्फिक्री सुत्यौँ ।

खोजी पस्दा थाहा भो, बूढाबूढी मटितेलबाट चल्ने हिटर तापेर बसिरहेका थिए रे । कसो कसो गरी आगोले “तातामी” भनिने खरले बुनेको गुन्द्रीलाई भेट्न पुगेछ । पुरानो घर, पुरानो तातामी, अझ घरमा बस्ने मान्छेहरु पनि बल हराईसकेका “पुराना” बृद्धबृद्धा ! मटितेलको आगोले भेटेको, केलाई पर्खिबसोस् ।

घटना भएको केही दिन पछि ओबासानका बूढा ओजीसान केही उपहार र एउटा चिठी लिएर आए । के रहेछ भनेर अरुसंग बुझ्दा त्यो चाहिँ जापानी संस्कार अनुसार विपदको समयमा छरछिमेकीलाई पुगेको बाधा व्यावधानका लागि क्षमायाचना गरेको रे । आफूलाई भने उनीहरुको विपदमा “जा है ! कति नराम्रो भयो, केही समस्या पर्यो भने हामी पनि छौँ है” भन्न पनि शब्द नजानेर चुप रहनु पर्नाको खिन्नताले छाडेको थिएन ।

धेरै दिन भयो, त्यस पछि ओबासानहरु भेटिएका छैनन् । हामी पनि अहिले त्यो घर भन्दा अलिक परतिर डेरा सरिसकेका छौँ । तर त्यो बाटो आउँदाजाँदा मलाई एउटा विपदको त्रासदीको संझना भने भईरहन्छ ।    

फेब्रुवरी, ९, २०१९ । नोदा, चीवा, जापान ।    

Comments

Popular posts from this blog

Typical questions asked in Japanese scooter license test

Ananda Kafle©Ananda Kafle: No part of the following content can be copied and reproduced either exactly or with modification, without appropriately crediting the author.

Here I have given 44 of the 48 questions asked in the test for obtaining a scooter license in Japan. I have compiled these questions based on my own memory, and hence, they are not copies of the exact questions asked in the test I attended. I have posted it here hoping that it will be useful for those foreigners wanting to use a 50 cc scooter in Japan. I have not revised the questions for their language quality, so, if there is any problem in understanding them, please put your comments below. Your feedback and comments regarding any of the points given here are warmly welcomed. 
Indicate whether the following statements are true or false.  1.While driving a motorbike we have to wear clothes which loosely cover the whole of the body, so that the body can be moved with ease. 2.A vehicle moving uphill should slow down and …

The ‘Countryman’ and the ‘Friend’ in the Vatican

ANANDA KAFLE
No sooner had I exited from the metro station and stepped on the road to the Vatican, than a squad of youths surrounded me. They were the solicitors from the local travel agencies wanting to persuade me for traveling with them. I think meeting such guys at major tourist sites around Rome is a familiar experience for visitors. Once they see you, they will not only start advertising their travel packages orally or put corresponding pamphlets in your hands but also try to convince you forcibly by stopping you on your way. Most of those folks are Bangladeshi youths while a few of them are Africans and Indians. Already wary of the nuisance of such vendors encountered at different places in Rome, I continued walking indifferently to their talks, and after a while, arrived near the entrance to the Vatican. There, a crowd of hundreds of visitors was gathered. My plan, as fixed by discussing with the seniors, was to return to my ‘one-week-workplace’ La Sapienza Campus in the after…