Monday, April 20, 2020

तार्किक कि प्रायोगिक

आनन्द काफ्ले

“प्रज्वलनशील पदार्थहरुको भित्र ‘फ्लोजिस्टोन् (phlogiston)’ नाम गरेको अग्नी तत्व हुन्छ, जसका कारण ती जल्ने गर्दछन् । जुन पदार्थहरुको भित्र फ्लोजिष्टोन ज्यादा हुन्छ ती ज्यादा ज्वलनशील हुन्छन् । पदार्थ जल्दा फ्लोजिष्टोन बाहिर निस्किन्छ र त्यसलाई हावाले सोस्दछ । फ्लोजिस्टोनले संत्रिप्त भएको वायुले अरु फ्लोजिष्टोन सोस्न सक्दैन, त्यही भएर कचौराले छोपेपछि बत्ती चाँडै निभ्छ ।” यो थियो सत्रौँ शताब्दीमा विकसित भएर अठारौँ शताब्दीको उत्तरार्ध्व सम्म विश्वमा शक्तिशाली अवधारणाको रुपमा कायम रहेको ‘फ्लोजिष्टोन्’ सिद्दान्त । यस सिद्धान्त अनुसार जल्ने/ खिया लाग्ने धातु, जस्तो- फलाममा फ्लोजिष्टोन छ तर नजल्ने/खिया नलाग्ने सुनमा फ्लोजिष्टोन छैन । यस किसिमबाट हेर्दा त फलामबाट फ्लोजिष्टोन

Georg Ernst Stahl crop.jpg
फ्लिजिष्टोन सिद्धान्तका व्याख्याता जी. ई. स्टल । फोटो: विकीपेडिया
निकालिदिए सुन् बन्नेभो । अल्केमिष्टहरुको बेसमेटललाई सुनमा बदल्न काम लाग्ने कति काइदाको ‘प्रोटोकल’ ! यो सिद्धान्त तर्कबद्ध थियो । उल्लेख्य संख्यामा व्यवहारिक उदाहरणहरुले समृद्ध थियो । त्यही भएर त्यो समयका निकै धुरन्धर वैज्ञानिकले पनि सितिमिति यसको विरोध गरेनन् । तर यसको समस्या के थियो भने यो मूलत: मानिसको दार्शनिक दिमागको उपज थियो न कि कुनै उपयुक्त प्रायोगिक, परिमाणात्मक अनुसन्धान/ विश्लेषणको । परिणाम स्वरुप निकै तार्किक र चित्त बुझ्दो हुँदा हुँदै पनि यो सिद्धान्तले कैयौँ व्यवहारिक परिस्थितिमा बिरोधाभाष खडा गर्न थाल्यो र एक शताब्दी भन्दा लामो समय संसारमा खुट्टो घुमाए पछि हावा खान पुग्यो । वास्तवमा ‘फ्लोजिष्टोन’ थ्यौरीले वास्तविक ज्वलन प्रकृयाको ठिक उल्टो उल्टो तरिकाले ब्याख्या गर्दथ्यो । अठारौ शताब्दीको उत्तरार्ध्वमा अक्सिजन थ्यौरी भन्ने प्रज्वलनको बैज्ञानकि सिद्धान्त आयो जसले फ्लोजिष्टोन सिद्धान्तलाई विस्थापित गरिदियो । यो सिद्धान्तलाई आन्त्वां लाभ्वाज्ये (Antoine Lavoisier) र उनका समर्थकहरुले विकसित
David - Portrait of Monsieur Lavoisier (cropped).jpg
आन्त्वाँ लाभ्वाज्ये । फोटो: विकीपेडिया
गरेका थिए । यही अक्सिडेसनको अवधारणाले अल्केमिस्ट मान्यताहरुलाई हटाउँदै आधुनिक रसायनशाष्त्रको विकासको जग कोर्न पुग्यो । अहिलेको समयमा यो अवधारणा कुनै सिद्धान्त वा मत मात्र नभएर कैयौँ रासायनिक तथा जैविक प्रकृयाहरु संबन्धि अकाट्य प्रमाणहरुको एउटा श्रोतको रुपमा रहेको छ । आज अक्सिडेसन वा कुनै पनि प्रकारको रासायनिक परिवर्तनका हरेक ‘स्टेप’ र हरेक मोडलाई बुझ्न, ‘मनिटर’ गर्न र परिमाणात्मक तहमा स्थापित गर्न संभव छ । अक्सिडेसन संबन्धि अवधारणा यति ससक्त हुनुको कारण यसको आधारको रुपमा तर्क र बुद्धि मात्र नभएर सही प्रायोगिक विधि र परिमाणात्मक विश्लेषण रहनु नै हो । तसर्थ जति नै तर्क र बुद्दिले सुसज्जित गरे पनि प्राकृतिक प्रकृयाहरुलाई सही तवरमा बुझ्ने तरिका भनेको प्रायोगिक अनुसन्धानको विधि नै हो । आजकल यस्तो अनुसन्धान विधिलाई ‘साईन्टिफिक मेथड’ (scientific method) भनिन्छ । यो विधि मार्फत गरिएका अनुसन्धानको निष्कर्षहरुका आधारको रुपमा तर्क र आकलन भन्दा ज्यादा, बुझ्न सकिने, परिमाणको रुपमा व्यक्त गर्न सकिने प्रायोगिक प्रमाणहरु हुन्छन् । त्यसकारण जतिसुकै चित्तबुझ्दा कुरा होउन्, प्रष्ट संग बुझ्न बाँकी कुनै पनि प्रकृयाको तार्किक व्याख्या मात्रको पूर्ण रुपमा भर पर्न सकिन्न । उपयुक्त ज्ञान विकसित नभईसकेका विषयहरुमामा वैज्ञानिक तर्कका आधारमा सामान्य धारणा बनाउँन सकिए पनि त्यस्ता धारणालाई परिपक्व ज्ञानको रुपमा नभएर परिवर्तन हुन सक्ने धारणाका रुपमा ग्रहण गर्नु पर्ने हुन्छ । तर यसको मतलब यो पनि होइन कि वैज्ञानिक हिसावले पुष्टी भएर आईसकेका कुनै पनि विषयमाथि उडन्ते प्रश्न खडा गर्दैमा त्यस्तो प्रश्नलाई पनि ‘भ्यालिड’ प्रश्न मानेर तिनको पनि परिक्षण गरिबस्नु पर्छ ।

तार्किक कि प्रायोगिक

आनन्द काफ्ले “प्रज्वलनशील पदार्थहरुको भित्र ‘फ्लोजिस्टोन् (phlogiston)’ नाम गरेको अग्नी तत्व हुन्छ, जसका कारण ती जल्ने गर्दछन् । जुन पदार...